चितवनः पूर्बी चितवनको कालिका नगरपालिकामा सुन पसल चोरी गरेको आशंकामा चार जनाई प्रहरीले पक्राउ गरेको छ । कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिमल बजारमा रहेको बिनोद सुनारको सुन पसलमा शनिबार राती चोरी भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक भेषराज रिजालका अनुसार उनीहरुले ३५ किलो चाँदी, ३ किलो सुन र नगद रु २ लाख चोरी गरेको आशंकामा नियन्त्रणमा लिईएको हो । राती ८ः३० वजे पलमा चोरी भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चोरी भएको भनिएको सुन मध्ये ७७६ दशमलब ८१ ग्राम सुन पसलमानै भेटिएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !