चितवन: जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुमा देखिएको समस्या समाधानका लागि चितवन सहकारी समिटको आयोजना गर्ने तयारी गरिएको छ । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा यही जेठ २५ र २६ गते समिटको आयोजना गर्न लागिएको हो ।
संघले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सकारीका सदस्यहरुको वचतको संरक्षण र संस्थाको स्थायीत्व एबं बिकासका लागि कार्यक्रम गर्न लागिएको जनाएको हो । संघकी अध्यक्ष बिध्या कोइरालाका अनुसार यस संघमा आबद्ध २०५ वटा सहकारीबाट अध्यक्ष र व्यवस्थापक गरी चार सय हाराहारीको सहभागीतामा समिट गर्न लागिएको हो ।
पछिल्लो समय बचत तथा ऋण सहकारी संस्थाहरुमा देखिएको समस्याका कारण वचतकर्ताको बचत असुरक्षित बन्दै जाँनुमा जिल्लालाईनै कार्यक्षेत्र वनाएर खोलीएका सहकारीबाट नभई बाहिरी जिल्लामा प्रधान कार्यालय भएका सहकारीको रहेको उहाँले बताउनुभयो । यही मुख्य कार्यालय रहेका केही सहकारीहरुमा समस्या देखिएको भए पनि ती समस्या समाधान हुँदै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “जिल्लामानै प्रधान कार्यालय रहेका तीन ÷ चारवटा सहकारीमा समस्या देखिएको भए पनि ती समस्या समाधान हुने चरणमा रहेको छ ।” सुरक्षित लगानी नभएका तीन वटा सहकारीमा समस्या आउने देखिएको उहाँले बताउनुभयो । यो समिटले ऋण अशुलीका लागि स्थानिय तहलाई समेत झकझक्याउन मद्धत पुग्ने उहाँले बिश्वास व्यक्त गर्नुभयो ।
सात वर्ष पछि समिटको आयोजना गरिएको बताउँदै संघका सल्लाहाकार तेजेन्द्र वहादुर खड्काले सहकारीलाई गुणस्तरीय वनाउन यो कार्यक्रम गर्न लागिएको बताउनुभयो । मनोमानि तरीकाले सञ्चालन गरिएका सहकारीहरुमा ऋण अशुलीमा समस्या देखिने गरेको उहाँको भनाई थियो । जिल्लाका सहकारीहरुको बिगत, वर्तमान र भावी कार्यदिशामा एकरुपतामा ऐक्यवद्धताकोे बिकास गर्न, सहकारीहरुको दिगोपनका लागि साझा धारणा बनाउन, जोखिम व्यवस्थापन र बित्तिय सुशासनको निर्माण गर्न यो कार्यक्रम प्रभावकारी हुने उहाँले बताउनुभयो ।
संघका सचिब सुदिप रेग्मीले समिटमा सहकारीका बिभिन्न बिषयमा ६ वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिनुभयो । दुई दिन सम्म चल्ने सो कार्यक्रमले वित्तिय सहकारीमा जोखिम मापन न्युनिकरणका उपायहरुको समेत खोजी गरीने उहाँले बताउनुभयो । जिल्लामा अहिले बचत तथा ऋण सहकारी संस्था २५५ वटा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !