चितवनः जिल्लाको बजारमा खाध्य स्वच्छतामा क्रमिक सुधार देखिन थालेको छ । निरन्तरको बजार अनुगमनका कारण पछिल्ला समयमा खाध्य स्वच्छतामा सुधार आएको खाध्य प्रविधि तथा डिभिजन कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रमुख सौरभ श्रेष्ठका अनुसार पछिल्लो दिनहरुमा बजारमा सुधार आएको हो । कार्यालयले चालु आर्थिक वर्षमा खाध्य वजार अनुगमन ८० पटक, दाना वजार अनुगमन २० पटक, होटल रेष्टूरेन्ट ४३ पटक, खाध्य उद्योग ८२ वटा निरिक्षण गरिएको उहाँले बताउनुभयो । यस्तै दाना उद्योग १६ वटा, हाटवजार मेला तथा महोत्सब अनुगमन ७ पटक, सम्बेदनशिल खाध्यपदार्थका उद्योगहरु १० पटक अनुगमन गरेको छ । उहाँका अनुसार स्थानीय सरकार संगको समन्वयमा पटक पटक संयुक्त वजार अनुगमन गरिएका कारण खाध्य स्वच्छतामा सुधार आउन थालेको हो ।

पहिला–पहिला होटलहरुमा तेल लामो समय प्रयोग गर्ने, फ्रिजको तापक्रम नमिलाउने, कटन क्यान्डी प्रयोग गर्ने गरेकोमा यसलाई रोक लगाउने गरी कामहरु अघि वढाए संगै खाध्य स्वच्छतामा केही सुधार आएको पाईएको कार्यालय चितवनका सूचना अधिकारी वन्दना पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमनका क्रममा अहिले केही सुधार भएको पाईएको छ ।

बिश्व खाध्य स्वच्छता दिबसको सन्दर्भमा कार्यालयले बिभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउन लागेको छ । सप्ताहाव्यापी रुपमा सचेतना जगाउने कार्यक्रम गर्दै छ । जस अन्तर्गत सातवटै पालिकामा सचेतना मूलक व्यानर टाँस्ने, फलफुल पकाउन प्रयोग हुने रसायन सम्बन्धि अनुगमन, उद्योग अनुगमन, सेवा ग्राहीसंग अन्तरक्रिया कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !