चितवनः नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधिले अहिले सरकारमा जाने काँग्रेसको कुनै तयारी नभएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले अहिले बिपक्षी भूमिकामा काँग्रेस रहने बताउनुभयो ।
उहाँले भन्नुभयो “काँग्रेस अहिले सरकारमा जाने तयारीमा छैन । बिपक्षी भूमिकामा रहन्छ ।” काँग्रेस संगठन सुद्धिकरण अभियानमा लाग्ने बताउँदै उहाँले भन्नुभयो “नेपाली काँग्रेस पहिला जे अबस्थामा थियो त्यही अबस्थामा फर्काएर अघि वढ्ने हो ।” संसदिय प्रणालीमा लोकतान्त्रीक शक्ति कि त सत्तापक्षमा बस्छ कि त प्रतिपक्षमा बस्छ उहाँले भन्नुभयो ।
फरक प्रसंगमा बोल्दै उहाँले भन्नुभयो “अहिले मध्यावधी निर्वाचनका लागि संबिधानमा व्यवस्था नभएको बताउनुभयो । संसद विघटन गर्ने व्यवस्था पनि छैन ।” अहिलेनै देश मध्यावधीमा जाने स्थिति नदेखिएको उहाँले बताउनुभयो । मधेश प्रदेशमा नेपाली काँग्रेस, नेकपा समाजबादी सहितका दलहरुको सरकार बन्ने सम्भावना बढेर गएको उहाँले बताउनुभयो । छलफल जारी रहेको भन्दै उहाँले सकारात्मक छलफल भईरहेको बताउनुभयो ।
सहकारी ठगि प्रकरणमा संसदिय छानबिन समिति वन्नु काँग्रेसका लागि ठूलो सफलता भएको उहाँले बताउनुभयो । व्यक्तिको नाम किटान गर्ने बिषयमा गोर्खा मिडियाको नाम लेखिएको बताउनुभयो । उहाँले भन्नुभयो “जुनजुन सहकारीबाट पैसा प्रभाह भएको छ गोर्खा मिडियामा लेनदेनको संस्थाको नाम उल्लेख गर्नुपर्छ छानबिन हुनु पर्छ भन्ने हाम्रो वटमलाईन थियो । त्यही अनुसार छानबिन समिति वनेको छ ।”






