चितवनः नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तिननम्बर पुलमा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दीयाको गेडुवा गाउँपालिका वडा नम्बर ४ का अन्दाजी ३८ वर्षिय मंगल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक भेषराज रिजालका अनुसार पुल निर्माणका लागि भित्तो काट्ने क्रममा माथिबाट पहिरो खसि बा २ क ८६५१ नम्बरको स्काभेटर चालक सहित पुरिएको हो । आज बिहान ९ः १० वजे पहिरो खस्दा स्काभेटर र चालक पुरीएका थिए । चालकको उद्दार गरी उपचारका लागि पुरानो मेडीकल कलेजमा ल्याईएकामा उपचारको क्रममा १०ः२२ वजे मृत्यु भएको हो । पहिरोमा परि स्काभेटर पूर्ण रुपमा क्षती भएको छ भने मुग्लीन बाट नारायणगढ तर्फ आउँदैं गरेको ना ६ ख १५११ नम्बरको ट्रकमा समेत क्षेती पुगेको उहाँले जानकारी दिनुभयो ।
पहिरो खसेर स्काभेटर पुरीए पनि सवारी आवागमन भने नरोकीएको उहाँले बताउनुभयो । पहिरो पन्छाउने कार्य जारी रहेको कार्यालयले जनाएको छ ।






