चितवन: नेकपा एमाले चितवनको ११ औं जिल्ला अधिबेशन यही जेठ १२ गते देखि १४ गते सम्म हुने भएको छ । अधिबेशनका सम्पन्न गर्नका लागि अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४९९ मूल व्यवस्थापन समिति गठन गरि काम गरि तयारी सुरु गरिएको आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईयो ।
अधिबेशनको १२ गते शनीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । अधिबेशनको तयारी अन्तिम चरणमा पुगेको भन्दै जिल्ला अध्यक्ष न्यौपानेले बिभिन्न उपसमितिहरुले आm्नो तयारीलाई अन्तिम रुप दिईरहेको जानकारी दिनुभयो । अध्यक्ष न्यौपानेको संयोजकत्वमा गठित राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन उपसमिति, उपाध्यक्ष कमल पाठकको संयोजकत्वमा रहेको आर्थिक प्रतिवेदन लेखन उपसमिति , सचिब प्रकाश खनालको संयोजकत्वमा रहेको खाध्य तथा आबास व्यवस्थापन उपसमितिले आफ्नो तयारीलाई अन्तिम रुप दिएको उहाँले बताउनुभयो । यस्तै उपसचिब प्रकाश ढुंगानाको संयोजकत्वमा रहेको प्रचार प्रसार उपसमिति, उपसचिब चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा रहेको कार्यक्रम व्यवस्थापन उपसमिति, कार्यालय सचिब श्याम बिष्टको संयोजकत्वमा रहेको प्रतिनिधि व्यवस्थापन उपसमिति, अन्जना गौतमको संयोजकत्वमा रहेको स्वागत सत्कार उपसमिति, भक्तिप्रसाद गौतमको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरी अधिबेशनको तयारीलाई तिब्र पारिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
अधिबेशनमा जिल्लाका सात पालिका, बिभिन्न जनवर्गीय संगठन, सम्पर्क सञ्च र मनोनित गरी ७६१ जना प्रतिनिधिहरु सहभागी हुने छन् । अधिबेशनले अध्यक्ष, उपाध्यक्ष, सचिब एक÷एक जना, उपसचिब २ जना सहित १२० सदस्यिय नयाँ कार्यसमिति चयन गर्ने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।जिल्ला कमिटिमा कम्तीमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा अनिर्वाय गरिने उहाँले बताउनुभयो । तीन दिन सम्म चल्ने अधिबेशनले नयाँ नेतृत्व चयन संगै राजनैतिक, आर्थिक प्रतिवेदन पास गर्दै जनताका सवालका मुद्धाहरुमा छलफल समेत हुने उहाँले बताउनुभयो ।
अधिबेशनको तयारी भईरहँदा नयाँ नेतृत्व छनोटका लागि सर्वसम्मतको प्रयास भईरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “नेतृत्व छनोटका लागि सर्बसम्मतको प्रयास भईरहेको छ । नभए लोकतान्त्रीक बिधिबाट गरिने छ ।”






