चितवनः जिल्लामा बढ्दो गर्मी संगै कारागार कार्यालय चितवनमा उच्च सतर्कता अपनाईएको छ । क्षमता भन्दा बढी कैदीवन्दीहरु भएका कारण उच्च सतर्कता अपनाईएको हो ।
कार्यालयका प्रमुख कमल प्रसाद आचार्यका अनुसार वढ्दो गर्मी संगै कारागार सरुवा रोग फैलन सक्ने भएकाले उच्च सतर्कता अपनाउन कैदी वन्दीलाई भनिएको छ । उहाँले भन्नुभयो “ क्षमता भन्दा बढी कैदी वन्दी रहेका कारण सरसफाई, खानपान लगाएतका कुरामा बिशेष ध्यान दिन भनिएको छ ।” गर्मी समयमा लामखुट्टेको टोकाईबाट बाँच्न झुलको प्रयोग गर्ने, सफा पानी पिउने, नियमित सरसफाई गर्ने लगाएतका कुराहरुमा बिशेष निगरानी राखिएको छ ।
क्षमता भन्दा बढी कैदीवन्दी हुँदा कुनै पनि रोगको संक्रमण तिब्र हुने भएकाले सतर्कता अपनाईउको उहाँले बताउनुभयो । कैदी वन्दी भेट्न आउने आफन्तलाई समेत माक्सको प्रयो र सामाजिक दुरी कायम गर्न उहाँले अनुरोध गर्नुभयो ।
कारागारमा कैदी वन्दीको चाप वढे संगै बैशाख महिनामा मात्रै ६० जनालाई बिभिन्न कारागारमा स्थानान्तरण गरिएको उहाँले जानकारी दिनुभयो । भिमफेदी कारागार कार्यालय मकवानपुर, बिरगञ्ज कारागार, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), सर्लाहीमा स्थानान्तरण गरीएको उहाँले जानकारी दिनुभयो ।
२८० जनाको क्षमता रहेको कारागारमा अहिले ७३५ जना कैदीवन्दी रहेका छन् । २५ जनाको क्षमता रहेको महिला वन्दी गृहमा ४० जना, उनीहरु संग आश्रीत २ वालवालीका र २५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा ६९५ जना रहेका छन् ।






