चितवन : जिल्लाको सदरमुकाममा रहेका दुईवटा एग्रोभेटमा ताला लगाईएको छ । प्लान्ट क्वारेन्टाईन तथा बिषादी व्यवस्थापक केन्द्र हरिहरभवन ललितपुर र कृषि बिकास कार्यालय चितवनले आज यहाँ गरेको संयुक्त अनुगमनका लापरवाही भेटिएपछि ती संस्थामा ताला लगाईएको हो ।
सो क्रममा नारायणगढमा संञ्चालित प्रधान एग्रो ई. र भरतपुरमा संञ्चालित हाम्रो बहुउद्देश्यिय कृषि सहकारी संस्थामा ताला लगाईएको केन्द्रका बरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधान एग्रोमा अनुमति प्राप्त व्याक्ति पसलमा नबसि नाबालकलाई पसलमा राखेर संञ्चालन गरेको र प्रयोग गर्ने समय सक्कियका बिषादीको बिक्रि कितरणा गरेको पाईएकाले सो पसलका संञ्चालकलाई एक साता भित्र कृषि कार्यालयमा सम्पर्क गर्न भनिएको छ । यस्तै हाम्रो बहुउद्देश्यिय कृषि सहकारी संस्थाले पनि तालिम प्राप्त व्यक्तिलाई पसलमा राखेर बिक्रि बितरण गरेको, बिषादी बिक्रिका क्रममा आबश्यक सुरक्षा प्रबिधि नअपनाएको पाईएकाले ताला लगाईएको हो ।
यस्तै अनुगमनका क्रममा जिल्लाको सदरमुकाम भरतपुरमा संञ्चालित एग्रोभेटहरुमा प्रयोग गर्ने समय सक्कियका बिषादीहरु बिक्रिबितरणका लागि राख्ने गरेको, बिक्रि गर्ने व्यक्तिले सुरक्षा प्रबिधि नअपनाएको, नविकरण नगरेको पाईएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “मुख्य शहरी क्षेत्रमानै लापरवाही हुन्छ भने अन्य स्थानमा के होला ।” आज ६ वटा एग्रोभेटहरुमा अनुगमन गरिएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीबि शर्माले बिषादीको बिक्रि बितरणमा देखिएको कम्जोरीलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले ध्यान दिदैं आएको भए पछि गम्भिर खालाका त्रुटीहरु भेटिनु गलत भएको बताउनुभयो । बिषादीको समुचित र न्यायोचित प्रयोगले मात्रै उत्पादन वढाउन सकीने भएकाले यसलाई निगरानी वढाउन आबश्यक भएको केन्द्रका अधिकृत माधब भट्टले जानकारी दिनुभयो । कृषि बिकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले माटो र मानब स्वास्थ्यलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बिषयमा सबैले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !