चितवनः चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गैंडा मृत अबस्थामा भेटिएका छन् । निकुञ्जको भित्र भिमपुर क्षेत्रमा बाघ मृत अबस्थामा भेटिएको हो भने नवलपरासी (बर्दघाट–सुस्तापूर्ब)मा गैंडा मृत अबस्थामा भेटिएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान नेपाली सेनाको सुरक्षा पोष्ट अमृतेबाट खटिएको सेनाको टोलीले मृत बाघ फेला पारेको हो । उहाँका अनुसार घटना स्थलमा नेपाली सेना र निकुञ्जको टोली पुगेको छ । घटना स्थल सौराहा नजिक पर्दछ । मृत्युको कारण खुल्न सकेको छैन ।
यस्तै नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर १५ स्थित गुन्द्रइढाका मध्यवर्ती सामुदायीक वन क्षेत्रमा एक भाले गैंडा मृत अबस्थामा फेला परेको छ । आज बिहान गैंडा मृत अबस्थामा फेला परेको हो । गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । गैंडाको खाग, खुर सुरक्षित रहेको छ ।






