चितवन: चितवन राष्ट्रिय निकुञ्जको गस्तिमा निस्किएको टोलीलाई भालुले आक्रमण गर्दा एक जना घाईते भएका छन् भने गोली लागि अर्का एक जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीका अनुसार आज बिहान गस्तिबाट फर्कने क्रममा ९ः४५ वजे भालुले आक्रमण गरेको हो ।
नयाँ गोरख गणका हबल्दार ४० बर्षिय लक्ष्मण कुमार थापालाई भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट थापाका हात र दाहिने साप्रामा चोट लागेको छ । घाईते थापाको अबस्था मध्यम रहेको छ । भालुले आक्रमण गर्दा आत्म रक्षाका लागि भालुलाई गोली समेत हानीएको थियो । भालुलाई हानेको गोली भालुलाई लागेर फर्कदा सोही गणमा कार्यरत प्युठ २३ वषिय कुन्दन सिंहलाई लागि सिंह घाइते भएका छन् । सिंहको घुडाँ मुनी गोली लागेको प्रहरीले जनाएको छ । उनको अबस्था समेत मध्येम रहेको उहाँले जानकारी दिनुभयो ।
उनीहरु दुबै जनालाई भरतपुर अस्पतालमा सामान्य उपचार पश्च्यात नेपाली सेनाको छाउनी अस्पतालमा पठाईएको उहाँले बताउनुभयो ।






