चितवनः पूर्बी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाईकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर ३ का १८ बर्षिय सुमित महतो र स्थानीय जीवन चौधरी रहेका छन् ।

उनीहरु सवार ना २२ प ३४४४ नम्बरको मोटरसाईकल बुधबार राती ११ः५५ वजे अनियन्त्रीत भई रत्ननगर नगरपालिका वडा नम्बर ४ का सुमन गदालको घरको भित्तामा ठक्कर खाएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीका अनुसार उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा राती १२ः५५ वजे मृत्यु भएको हो ।

मृतकको शब पोष्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !