चितवन: नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले श्रमिककाे समस्या समाधान गर्न सबै मजदुर एक ठाउँमा भएर आबाज उठाउनु पर्ने बताउनुभएकाे छ । नेपाल ट्रेड युनियन काँग्रेस चितवनले १३५ अौ अन्तरास्ट्रिय श्रमिक दिवसकाे अबसरमा आज यहाँ आयाेजना गरेकाे श्रमिक सम्मेलनलाई सम्बाेधन गर्दै उहाँले श्रमिककाे समस्या समाधानका लागि सबै मजदुरमा एकताबद्ध भएर लाग्नु पर्ने बताउनुभयाे ।
ट्रेड युनियन अधिकार सुनिश्चितताका लागि सरकमरबाट नै आबश्यक कदम चाल्नु पर्ने उहाँकाे भनाई थियाे । श्रमकाे विभेद अन्त्यका लागि सबै मजदुरहरु एक भएर मात्र सम्भव हुने उहाँले बताउनुभयाे । श्रमका क्षेत्रमा हुने लैंगिक विवेद अन्त्य गर्नका लागि दबाब दिन आबश्यक रहेकाे उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे “श्रम एकै हुन्छ । तर लैंगिक हिसाबले गरिने विभेद अन्त्य हुनु पर्छ । जसका कारण मात्रै श्रमकाे सम्मान हुन्छ ।” श्रमकाे हुने बिभेदकाे अन्त्य गर्न राज्यले श्रमिकका माग सम्बाेधन गर्न जरुरी रहेकाे बताउनुभयाे ।
कार्यक्रममा बाेल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङले श्रमकाे सम्मान हुन नसक्दा श्रमिकका समस्या अन्त्य हुन नसकेकाे बताउनुभयाे । श्रमिककाे समस्या र विभेद अन्त्यका लागि दलहरु प्रतिबद्ध हुनु पर्ने उहाँकाे भनाई थियाे ।
कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, बागमती प्रदेशका पूर्व मन्त्री उत्तम जाेशी, नेपाली काग्रेस चितवनका उपसभापति राजिप न्याैपाने, ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य घनश्याम चापागाई, जिल्ला अध्यक्ष हरिहर सापकाेटाले श्रमिककाे सम्मान गर्ने वातावरण बनाउन आबश्यक रहेकाे बताउनुभयाे । श्रमकाे सम्मान हुन नसक्दा देखियका समस्याहरु समाधान हुन नसकेकाे उहाँहरुले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस !