चितवन: जिल्ला माछा, मासु, दूध र अण्डा उत्पादनमा आत्मनिभर भएको छ । यहाँ उत्पादित माछा, मासु, दुध र अण्डा प्रतिव्यक्ति आबश्यकता भन्दा बढि उत्पादन हुने गरेको छ ।
पशु सेवा कार्यालय चितवनका अनुसार दूध प्रतिव्यक्ति न्यूनतम आबश्यकता भन्दा ४५ दशमलब ३३ लिटर बढी उत्पादन हुने गरेको छ । प्रतिव्यक्ति न्यूनतम आबश्यकता अनुसार दूध बार्षिक ९१ लिटर आबश्यक पर्नेमा जिल्लामा १३६ दशमलब ३३ लिटर उपलब्ध भएको हो ।
कार्यालयका प्रमुख शुशिल केसीका अनुसार मासु ११ दशमलब ५३ किलो, अण्डा ४१३ गोटा र माछा १ दशमलब ४४ किलो प्रतिव्यक्ति न्यूनतम आबश्यकता भन्दा बढी उपलब्ध हुने गरेको छ । जिल्लामा उत्पादित यी बस्तु जिल्लाको कुल जनसंख्यालाई आवश्यक पर्ने न्यूनतम आबश्यकता भन्दा बढी उत्पादन हो ।
प्रतिव्यक्ति बार्षिक मासु १४ किलो, अण्डा ४८ गोटा र माछा ५ किलो न्यूनतम आबश्यक पर्ने उहाँले जानकारी दिनुभयो । अहिले जिल्लामा मासु प्रतिव्यक्ति २५ दशमलब ५३ किलो, अण्डा ४६१ गोटा र माछा ६ दशमलब ४४ किलो उपलब्ध रहेकोे छ ।
यहाँको कृषि क्षेत्रमा लाग्ने किसानहरुले उत्पादन गरेको खाध्यवस्तुलाई व्यवस्थित गर्न सके राष्ट्रिय आबश्यकतालाई समेत पूर्ती गर्न सहज हुने उहाँले बताउनुभयो । प्रतिव्यक्ति प्रति वर्ष राष्ट्रिय उपलव्धता दुध ८५ लिटर, मासु, १८ दशमलब १ किलो, अण्डा ५४ गोटा, माछा ३ दशमलब ३ किलो रहेको छ जुन न्यूनतम आवश्यकता भन्दा कम उपलब्ध हो । जिल्लमा भनेन्यूनतम आबश्यकता भन्दा बढी यी खाध्य सामाग्रीहरु उपलव्ध हुँदै आएको केसीले जानकारी दिनुभयो ।
यहाँ गाई, भैसी, बाख्रा, कुखुरा, बंगुर र माछा पालनलाई किसानले व्यवसायीक रुपमा अघि वढाएका छन् । जस मध्ये गाईफर्म ३५९ वटा, भैसी फर्म ५० वटा, बाख्रा फर्म ४५३ वटा, बंगुर र्फम ६० वटा, कुखुरा फर्म १ हजार ९ सय वटा र माछा फर्म ५०७ वटा दर्ता भई संञ्चालनमा आएका छन् । त्यसैगरी कुखुरा ह्याचरी ९५ वटा दर्ता भई ५२ वटा मात्रै संञ्चालनमा रहेको कार्यालयको तथ्याङ्कले जनाएको छ ।
आर्थिक वर्ष बि सं. २०७९÷०८० को तथ्याङ्क अनुसार जिल्लामा दूध ९८ हजार १८३ मेट्रिकटन, मासु १ लाख ८३ हजार ८१ मेट्रिकटन, माछा ४६ हजार ३८ मेट्रिकटन र अण्डा ३३ करोड २४ लाख ६१ हजार २१२ गोटा उत्पादन भएको थियो ।






