नारायणगढः नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चौधकिलोमा म्याजिक र ट्रक एक आपसमा ठक्कर खाँदा १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीमा अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २९ मा म्याजिक र ट्रक एक आपसमा ठक्कर खाएको हो ।
मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको ना १ ज ४९५७ नम्बरको म्याजिकको टायर पन्चट भई बिपरित दिशाबाट आउँदै गरेको प्रदेश २–०३–००१ ख ०७०६ नम्बरको ट्रकमा ठक्कर खाएको हो । म्याजिक ट्रकमा ठोक्कीदाँ म्याजिकका चालक सहित १७ जना घाईते भएका हुन । घाईते मध्ये दुई जनाको अबस्था गम्भिर रहेको छ भने अन्यको अबस्था मध्यम रहेको भण्डारीले बताउनुभयो । उनीहरु मध्ये ११ जनाको चितवन मेडीकल कलेजमा र ६ जनाको मेडीकल कलेज अफ शिक्षण अस्पताल भरतपुर (पुरानो मेडीकल कलेज)मा उपचार भईरहेको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।






