चितवन: बाघको आक्रमणबाट माडीमा दुई जना घाईते भएका छन् । भैसी चराउन गएका माडी नगरपालिका वडा नम्बर १ का उनीहलाई बाघले आक्रमण गरेको हो ।
घाईते हुनेमा माडी नगरपालिका वडा नम्बर १ सेरुवा निबासी ५६ वर्षिय सूर्य महतो र ५० वर्षिय तेज वहादुर पौंडेल रहेका छन् । उनीहरुलाई वडा नम्बर १ मा नै रहेको घाँसे मैदानमा भैसी चराउन जाँदा आज बाघले आक्रमण गरेको हो ।
पालिका क्षेत्रको रिउँ खोला नजिक रहेको घाँसेमैदानमा उनीहरुलाई बाघले आक्रमण गरेको हो । आक्रमणबाट घाईते दुवैको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।






