चितवन: चितवन उद्योग संघको आयोजना तथा कम्यूटर एसोसियस नेपाल महासंघको सह आयोजनामा यही बैशाद ७ गते देखि औद्योगिक प्रदर्शनी तथा सूचना प्रबिधि मेला २०८० हुने भएको छ । स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रबिधि हस्तान्तरण मार्फत उद्यमशिलता बिकासका लागि मेल ागर्न लागिएको हो ।
संघले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मेलाको बारेमा जानकारी दिईएको हो । प्रदर्शनीमा १५० वटा स्टलहरु रहने चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले जानकारी दिनुभयो । संघले निर्माण गरेको प्रदर्शनी केन्द्रमा आयोजना गर्न लागिएको प्रदर्शनीमा स्वदेशी तथा बिदेशी गरी २५ हजार अवलोकन कर्ताले अबलोकन गर्ने अपेक्षा लिईएको छ ।
बैशाख ११ गते सम्म सञ्चालन हुने प्रदर्शनीमा स्टार्टअफ सेमिनार र नेपालको वर्तमान औद्योगीक नीति सम्बन्धि छलफल समेत हुने छ । प्रदर्शनी अबधिमा शून्य प्रतिशत व्याजदर सहित किस्ता वन्दीमा ल्यापटप खरिद गर्न सकिने महासंघका चितवन अध्यक्ष टेकलाल भूषालले जानकारी दिनुभयो । कम्प्यूटर, ल्यापटप तथा प्रिन्टरको निशुल्क मर्मत समेत गरिने छ । भरतपुर भ्रमण वर्ष २०२४ लाई मध्यनजर राख्दै आयोजना गर्न लागिएको प्रदर्शनीमा अनलाईन मार्फत रजिष्ट्रेसन गरेर आउने अवलोकन कर्ता मध्य दैनीक तीन जनालाई पुरस्कृत समेत गरिने छ ।

प्रतिक्रिया दिनुहोस !