चितवनः ट्रकले मोटर साइकललाई ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका वडा नम्बर ८ का ३८ वर्षिय सनजीव वहादुर रायमाझी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक बिजयराज पण्डीतले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारीमा आज साँझ ट्रकले मोटरसाईकललाई ठक्कर दिएको हो ।
मुग्लिनबाट नरायणगढ तर्फ आउँदै गरेको ना ६ ख ३३१२ नम्बरको ट्रकले बिपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००३ प ६५७४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाईते मोटरसाईकल चालक रायमाझीको उपचारका क्रममा भरतपुर अस्पतालमा साँझ ७ः५५ वजे मृत्यु भएको हो । ठक्कर दिने ट्रक, चालक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।





