चितवनको क्षेत्र नम्बर २ ‘क’को प्रदेश सभा सदस्यको समानुपातिक उम्मेद्वारका लागि इच्छाकामनाका गीता कुमारी गुरुङले आवेदन दिनुभएको छ । इच्छाकामना गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहनुभएका गुरुङ हाल कांग्रेस महासमिति सदस्य हुनुहुन्छ । प्रदेश सभापती जनाद्र्धन शर्मालाई समानुपातिक तर्फ उम्मेदवारीका लागि आवेदन बुझाउनु भएको हो ।
प्रस्तावकमा इच्छाकामनाका गाउँपालिकाका ५ का विष्णु कुँवर र समर्थकमा कालिका नगरपालिकाका ६ का शिवराम केशी रहनुभएको छ।
उम्मेद्वारका लागि आवदेन बुझाउदैँ गुरुङले आफुले पाँच बर्ष जनप्रतिनिधि भएर इच्छाकानमा गाउँपालिकाको नेतृत्व सम्हालेको अनुभव रहेकोले पार्टीले मुल्याङ्कन गर्ने विश्वास व्यक्त गर्नुभयो । आफुले पाँच बर्षमा इच्छाकामना मुहार फेर्न सफल भएको दाबी गर्दै प्रदेश सभा क अन्तरगतका पालिकाहरुको विकासमा समेत भूमिका खेल्ने अवसर पाउनेमा दाबी गर्नुभयो । साथै उहाँले आफ्नो कार्यकालमा कांग्रेस पार्टीको बदनाम हुने कुनै काम नगरेको बताउनुभयो । पार्टीले समेत गर्व गर्न सकिने गरि काम गरेकाले चितवन क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ बाट उम्मेद्वारी दाबी गरिएको बताउनुभयो ।
हाल हासमिति सदस्य रहनुभएका इच्छाकामना ३ निवासी गुरुङले यस अघि साविकको दारेचोक गाविसको तरुण दलको अध्यक्ष, तरुण जिल्ला सदस्य, नेपाल महिला संघको क्षेत्रिय सदस्य, नेपाल शिक्षक संघको केन्द्रिय प्रतिनिधि,र इच्छाकामना गाउँपालिकाको अध्यक्ष भएर काम गरिसक्नुभएको छ । साथै महासमिति सदस्यमा तीन कार्यकाल काम गर्नुभएको छ ।






