चितवनः पूर्वी चितवनमा आफ्नै भतिजीमाथि बलात्कार गरेको अभियोग लागेका पुरूष पनि अहिले प्रहरीको नियन्त्रणमा छन्। रत्ननगर–१० का ती पुरूषले आफूलाई बलात्कार गरेको बयान १५ वर्षीया बालिकाले प्रहरीसमक्ष दिएकी छन्। छोरी हराएपछि आमाले खोजिदिन आग्रह गरेर प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन्।

खोज तलासका क्रममा भेटिएपछि बालिकाले ठूलो बुवाले गरेको दुर्व्यवहार सहन नसकेर भाग्नु परेको बताएकी थिइन्। त्यसपछि प्रहरीले ती पुरूषलाई नियन्त्रणमा लिएको थियो। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

‘यो घटना पनि अघिल्लो घटना जस्तै कमजोर हुनेवाला छ,’ प्रहरी स्रोत भन्छ, ‘प्रहरीले अनुसन्धान गरिरहे पनि उनीहरू नै आपसमा मिले भने त मुद्दा कमजोर भइहाल्छ।’

प्रतिक्रिया दिनुहोस !