चितवनः प्रधानमन्त्री शेर वहादुर देउवाले देश र जनतासंग जोडीएका मुल मुद्धाहरुमा समान धारणा वनाउन सम्बाद सहकार्य आबश्यक रहेको बताउनुभएको छ । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिबेशनलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले दलहरु बिच नितिगत बिषयमा भएका बिमतिहरुलाई संबिधान मार्फत निर्धारण गरेका बिधिबाट टुङ्गो लगाउनु पर्ने बताउनुभयो । नेपाली काँग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले भन्नुभयो “त्यसलाई हामी सबैले स्विकार गर्ने पद्धति वसाल्नु पर्दछ ।

नेपाली काँग्रेस पार्टी यिनै मूल्य मान्यता प्रति प्रतिवद्ध रहेको छ ।” लोकतान्त्रीक संसदिय शासन, पद्धतीको मर्म अनुसार १० औं महाधिबेशन आयोजना गर्ने नेकपा एमालेलाई वधाई दिदैं उहाँले पूर्ण सफलताको कामना पनि गर्नुभयो । उहाँले भन्नुभयो “नेपालको लोकतान्त्रीक आन्दोलन बिभिन्न उतारचडाप पार गर्दै देशमा लोकतान्त्रीक गणतन्त्र स्थापना गर्न हामी सफल भएका हौ ।” सबै मिलेर संबिधान सभावाट नयाँ संबिधान बनाएको स्मरण गराउँदै उहाँले यसलाई संस्थागत गर्न जिम्मेवारी सबै दलहरुमा रहेको बताउनु भयो । नयाँ संबिधान मार्फत लोकतन्त्रका मूल्य र मान्यतालाई संस्थागत गर्न यस अभियानमा बिभिन्न राजनैतिक दलहरु संगै नेकपा एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उहाँले धन्यवाद दिनुभयो । प्रधानमन्त्री देउवाले हामीहरु बिच मतभेदहरु रहेको भन्दै त्यसैका कारण फरक राजनैतिक दलमा आवद्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो “लोकतान्त्री मूल्य मान्यतालाई जीवन पद्धत्ति वनाउनु कानुनि शासन, जनाधिकार स्थापना गर्न व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्न, राष्ट्रिय स्वाधिनता, राष्ट्रियतामा जनतालाई सुनिश्चित गर्दै देशलाई सम्बृद्ध वनाउन र संबृद्धिको पहुचमाहरेक नागरिकलाई पु¥याउन हामी सबै पार्टी एक हुनु पर्दछ ।” उहाँले थप्नुभयो “हामी सहमती, सदभावबाट हरेक समस्याको समाधान निकाल्न चाहान्छौ ।”

नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली लगाएत उहाँका साथीहरु आफ्नो जेलका साथी भएको भन्दै उहाँले जुन अबस्था आँफुहरुले भोग्यौ अब जनताले भोग्न नपर्ने गरि काम गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “यी सबै कुराहरु हामी सबैले भोग्यौ । जेलमा भोगेका दुःखलाई ध्यानमा राखेर भोलीका दिनमा कुनै नेपालीलाई कहि दुःख नपरोस भन्ने कुरामा हामी सचेत हुनु पर्छ ।” एउटा मूल्य र मान्यतालाई संस्थागत गर्न आँफु प्रतिवद्ध रहेको भन्दै उहाँले नेकपा एमालेले सरकारका बिधि, बिधानलाई थिति वसाल्ने काममा साथ दिनु पर्ने बताउनुभयो । मुलुक कोरोनाले आक्रान्त भएका बेला खोप पु¥याउनु हाम्रो पहिलो कर्तव्य थियो भन्दै उहाँले सबैको साथ र सहयोगले लक्ष्य हाँसील गर्न सफल भएको बताउनुभयो । नागरिकको जीवन रक्षा जस्तो यो महान कार्यमा सबै राजनैतिक दल, सामाजिक संस्था तथा नागरिकहरु मित्रराष्ट्र, दातृ संस्थाहरुबाट प्राप्त सहयोग प्रति उहाँले सम्मान व्यक्त गर्नुभयो । कोरोना भाइरसको अहिले निराकरण हुँदै गएको भन्दै आर्थिक अबस्था समान्य वन्दै गएको बताउनुभयो । लोकतान्त्रीक संबिधानको भावना अनुरुप देशमा शुशासन, सद्भाव, सम्बृद्धि कायम गर्न आफ्नो पार्टी पद्ध्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “मैले नेतृत्व गरेको वर्तमान सरकार यीनै मान्यताको आधारमा काम गर्ने बिश्वास दिलाउँछु ।” संसदमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरु संग सहकार्य गरि देश र जनतालाई केन्द्रमा राखेर साझा धारणाका मान्यतामा म आँफु प्रतिवद्ध रहेको प्रधानमन्त्री देउवाको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !