चितवनः एम्बुलेन्स चालकहरुले पेशालाई मर्यादित वनाउन आँफुहरु तयार रहेको बताएका छन् । संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड युनियन संघ) जिल्ला शाखा चितवनको आज कार्यालय उद्घाटन एबं छलफल कार्यक्रममा बोल्दै उनीहरुले एम्बुलेन्स चलाउँदा लागुऔषध, मादक पदार्थ सेवन र गाँजा सेवन गर्ने भेटिए हदैं सम्म कारवाही स्विकार्य हुने बताएका हुन ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालय सहितको उपस्थितिमा केन्द्रिय अध्यक्ष नवराज लामिछानेले एम्बुलेन्स चालक जो कोहीले लापसे, मापसे र गापसे गरेको पाईएमा गरिने कारवाही स्विकार्य हुने बताउनुभयो । उहाँले भन्नुभयो “प्रचलित नियम कानुन नमान्ने एम्बुलेन्स चालकलाई कारवाही हामीलाई स्विकार्य छ । यसमा हामी सहयोग पनि गर्छौं ।” देशभरमा ६ हजार बढी एम्बुलेन्स रहेको भन्दै उहाँले एम्बुलेन्स र चालकको यथार्थ समस्या राज्यबाट समाधान गरिनु पर्ने बताउनुभयो ।
ग्रामिण क्षेत्र सम्म पहुँच भएकाले सबै चालकहरुले इमान्दारीतका साथ पेशालाई सेवाको रुपमा लिएर काम गर्न उहाँले आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी अर्यालले सेवाको भावनाले काम गर्न आग्रह गर्दै गैर कानुनी काम गर्ने चालकहरुलाई प्रशासनले कडाईका साथ कारवाही गर्ने बताउनुभयो । बिरामीलाई प्रभावमा राखेर स्वास्थ्य संस्थासंग आर्थिक प्रलोभनमा परेर काम गर्ने गरेको गुनासो आएको भन्दै यस्तो अब सुन्नु नपरोस् भन्नुभयो । सो अबसरमा उहाँले कार्यालयको उद्घाटन समेत गर्नुभएको थियो । संघका कार्यवहाक जिल्ला अध्यक्ष कल्याण लामाको अध्यक्षतामा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरे, संघका केन्द्रिय महासचिब मुक्ति काफ्ले लगाएतले बोल्नुभएको थियो ।
आजै संघको केन्द्रिय समितिको वैठक जिल्ला शाखाको नयाँ कार्यालयमा बसेको थियो ।






