चितवनः जिल्लाका सात धार्मिक बिद्यालयका बिद्यार्थी एसईईमा सहभागि हुने भएका छन् । ती बिद्यालयमा अध्ययनरत ११० जना बिद्यार्थी एसईईमा सहभागि हुन लागेका हुन ।
शिक्षा बिकास तथा समन्वय इकाई चितवनका अनुसार ती सहित जिल्लाका २४४ वटा बिद्यालयका बिद्यार्थी एसईईमा सहभागी हुँने छन् । यही चैत १९ गतेबाट सुरु हुने एसईई परिक्षामा सामुदायीक तर्फ १२४ वटा बिद्यालय, ११३ वटा संस्थागत बिद्यालय र सात वटा धार्मिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरु सहभागी हुन लागेका हुन ।
यस वर्ष बिद्यार्थी सहभागि गराउन लागेका धार्मिक विद्यालयमा रत्ननगरको श्रीराम बैद्धिक संस्कृत गुरुकुलमका १० जना, रत्ननगरकै गायत्री बेद बिद्या गुरुकुलमका १४ जना, भरतपुरको बैकुण्ठ प्रम बैद्धिक बिद्या प्रतिष्ठानका ७ जना र भरतपुरको परभानन्द स्मृति बैद्धिक बिद्या भवन गुरुकुलका १० जना नियमित परिक्षामा सहभागी हुने छन् । यसै गरी देवघाटको राम जानकी गार्गी कन्या गुरुकुलमका ११ जना, देवघाटकै योगी नरहरीनाथ संस्कृत गुरुकुलका १० जना र देवघाटकै सिताराम संस्कृत माध्यामिक बिद्यालयका ११ जना बिद्यार्थी सहभागी हुने छन् ।
इकाईका प्रमुख लक्ष्मण देवकोटाका अनुसार जिल्लाका २४४ बिद्यालयका १२ हजार ३४९ जना बिद्यार्थी परिक्षामा सहभगी हुँदै छन् । जस मध्ये १० हजार ५०० जना नियमित हुन भने १ हजार ८४९ ग्रेड बृद्धिका बिध्यार्थी रहेको उहाँले बताउनु भयो । परिक्षामा सहभागी हुने मध्ये प्राबिधिक धारका ३४४ जना, धार्मिक बिद्यालयका ११० जना, दृष्टि विहिन ३ जना, सुस्तश्रवण ८ जना बिद्यार्थी परिक्षामा सहभागी हुने छन् ।
देवकोटाका अनुसार जिल्लामा ४२ वटा केन्द्रबाट बिद्यार्थीहरुले परिक्षामा सहभागी हुने छन् । ३४ वटा सामुदायीक बिद्यालय र ८ वटा संस्थागत बिद्यालयमा केन्द्र तोकिएको छ । केन्द्राध्यक्ष नियुक्तिको प्रकृया सकेर अनुशिक्षणको तयारी सुरु गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्षको एसईईमा भन्दा यस वर्ष ७ जना बिद्यार्थी कम सहभागी हुन लागेका छन् ।






