चितवनः चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षाका लागि प्रबिधिको प्रयोग गरिएको छ । नियमित सुरक्षा गस्ती, स्वीप र एम्बुसिंग संगै प्रबिधिको समेत प्रयोग गर्न थालिएको हो ।
निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार कार्यालयले नियमित रुपमा लामो, मध्यम र छोटो दुरीको गस्ती, सुराकी परिचालन, संयुक्त अनुसन्धान सेल संञ्चालन हुँदै आएका छन् । अहिले निकुञ्ज प्रशासनले चार वटा तालिम प्राप्त कुकुर समेत निकुञ्जको सुरक्षामा प्रयोग गर्दै आएको छ । यस्तै रियल टाईम मनिटरीङ, सिसि टिभि क्यामेराबाट मनिटरीङ्, ड्रोन, भेइकल ट्याकिङ् रेकड सिस्टम लगाएतका प्रबिधिबाट निकुञ्जको सूरक्षा गरिएको छ । उहाँका अनुसार यो बाहेक पैदल, साईकल, हात्ती, डुङ्गा र सवारी साधनबाट गस्ति गरिदैं आईएको छ ।
प्रबिधिको प्रयोगले चोरी शिकारी नियन्त्रणमा महत्वपूर्ण सफलता प्राप्त गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “प्रबिधिको प्रयोग संगै वन्यजन्तुको अपराधमा संलङ्नलाई पक्राउ गर्न र चोरी शिकारी न्यूनिकरण गर्न सफल भएका छौ ।” यसबाट बिभिन्न वन्यजन्तुको अखेटोपहारहरु लिएर हिडेका व्यक्तिहरु समेत नियन्त्रण गर्न सकिएको उहाँले जानकारी दिनुभयो । वन्यजन्तु संरक्षणमा प्रबिधिको प्रयोग संगै साझेदार संस्थाहरुको ठूलो सहयोग रहेको उहाँले बताउनुभयो ।
स्थानीय स्तरमा परिचालन हुने युवा परिचालन समिति, नेपाली सेना निकुञ्जका कर्मचारीहरुको अथक प्रयासले मात्र चोरी शिकारी न्यूनिकरण सम्भव भएको उहाँको भनाई छ ।






