चितवनः पूर्बी चितवनको रत्ननगरमा पाँच वटा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा ७ बस्ने अन्दाजी ३५ बर्षिया मिना रेग्मी रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक दिपक रिजालका अनुसार खैरहनीबाट भरतपुर तर्फ आउँदै गरेको लु २ ख २८९४ नम्बरको तेल बोकेको ट्याङ्करले भित्री सडकबाट निस्किदै गरेको ना ५५ प ०७७ नम्बरको मोटरसाईकललाई रत्ननगर नगरपालिका ववडा नम्बर ९ निपनी ठक्कर दिएको थियो । ठक्करबाट स्कुटर पछाडी सवार रेग्मीको मृत्यु भएको हो । स्कुटर संग ठक्कर खाएको तेल ट्याङ्कले रोकि राखेको ना ६५ प ७८८३, ना ५५ प ८०८३ नम्बरको मोटरसाईकल र एउटा साईकललाई ठक्कर दिएको थियो ।
स्कुटर चालक भरतपुर महानगरपालिका वडा नम्बर ७ बस्ने पूर्ण सापकोटा सामान्य घाईते भएको उहाँले जानकारी दिनुभयो । ट्याङ्कर चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।






