चितवनः चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । ती मध्ये एउटा बिद्युतिय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन । यस आर्थिक वर्षमा गैंडा सहित ५७ वटा वन्यजन्तु मरेका छन् । साउन यता निकुञ्ज र आसपासका क्षेत्रमा ती वन्यजन्तु मरेका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार यस आर्थिक वर्षमा बाघ ४ वटा, हात्ती ३ वटा, १८ वटा चित्तल मरेका छन् । चितुवा, जरायो, मगर गोही र घडियाल गोही २÷२ वटा, अजिंगर, सुन गोहोरो १÷१ वटा र अन्य वन्यजन्तु ४ वटा मरेका छन् । ती वन्यजन्तु प्राकृतिक कारणले मरेका हुन ।
ती वन्यजन्तुहरु दलदलमा फसेर, जुधेर, दुर्घटनामा परेर, बाघको आक्रमणमा परेर लगाएतका कारण मरेका हुन् । यस आर्थिक बर्षमा सचेतना संगै समाजिक रुपमा जागेको भावनाका कारण चोरी शिकारीको निशानाबाट वन्यजन्तु जोगाउन सकीएको उहाँले बताउनुभयो । समुदाय स्तरमा संरक्षणको चेतना वढे संगै वन्यजन्तुको चोरी शिकारी न्यूनिकरणमा सहयोग पुगेको उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा ८१ वटा वन्यजन्तु मरेका थिए ।






