चितवनः जिल्लामा पालिएका २ लाख ५० हजार बाख्रालाई पिपिआर “बाख्राको हैजा” रोग बिरुद्धको खोप दिइने भएको छ । यहि चैतको तेस्रो साताबाट ती बाख्रामा खोप लगाउन लागिएको हो । जिल्लाका सातै पालिकामा पालिएका बाख्रामा यो खोप दिन लागिएको हो ।

यो रोग मोरडिलि (mयचमष्ष्)ि भाईरसका कारण लाग्ने गर्दछ । पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेका अनुसार यो रोग लागे पछि ५० देखि ९० प्रतिशत बाख्रा मर्ने गर्दछन् । यो रोग लागेका बाख्रामा उच्च ज्वरो आउने, मुखमा घाउ हुने, झाडापखाला लाग्ने, नाक–आँखाबाट सिँगान बग्ने, निमोनिया भए जस्तो हुने, सास फेर्न कठिन हुने, खान मन नलाग्ने, कमजोर हुने हुँदा छिट्टै मर्ने जस्ता लक्षण देखिने उहाँले बताउनुभयो ।

यो रोग सुरुमा ३ देखि ५ दिनमा देखिन्छ र ७ देखि १० दिनभित्र बाख्रा मर्न सक्छ । जसका कारण कार्यालयले हरेक वर्ष बाख्रामा यो रोग बिरुद्धको खोप दिइदैं आएको छ । यसको रोगी बाख्राको जुतोबाट, रोगी बाख्राको नाकबाट निस्कने सिँगानबाट, आँखाबाट निस्कने आँसुको माध्यमबाट, रोगी बाख्राले खोक्दा र हाच्छिउँ गर्दा हावामा मिसिने मसिना कणहरुमा भएका विषाणुबाट सङक्रमण पैmलिने हुन्छ । यसकासाथै खाने पानी, दानाको डुँड र प्रयोग गरिएको सोत्तर पनि विषाणुबाट संक्रमित भई सङक्रमण पैmलिने हुन्छ ।

जिल्लामा अहिले ३ लाख बाख्रा पालिएको उहाँले बताउनुभयो । व्यवसायीक रुपमा बाख्रा पालन गर्ने किसानहरुले जैबिक सुरक्षाको बिधि अवलम्बन गर्न उहाँले सुझाब दिनुभयो । यस रोगबाट बाँच्न रोगी बाख्राको शरीरबाट निस्कने आँसु, सिँगान र मलमूत्रमा यस रोगका विषाणुहरु प्रसस्त मात्रामा रहेका हुन्छन त्यसैले रोगको सङक्रमण पैmलिन नदिन रोगी बाख्रालाई बथानबाट अलग्गै राख्नुपर्ने उहाँले बताउनुभयो । पि.पि.आर.रोगले मरेका पशुलाई गाड्नु वा जलाउनुका साथै रोगी बाख्रासँग लसपस भएका सरसामानहरू जलाउनु वा गाड्ने गर्नु पर्दछ । यस रोगबाट बचाउनका लागि तीन महिना उमेर पुगेका सम्पूर्ण स्वस्थ भेडा बाख्रालाई प्रत्येक दुई वर्षमा यस रोगविरुद्ध खोप लगाउनु पर्दछ ।

गोठमा नयाँ बाख्रा ल्याउनुपर्ने भएमा यस रोग विरुद्ध खोप लगाएर मात्र ल्याउनु पर्दछ । ३ हप्तासम्म अलग्गै राखी पि.पि.आर.विरुद्ध खोप लगाएर मात्र बथानमा मिसाउन उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !