चितवनः चितवन राष्ट्रिय निकुञ्जले बिभिन्न मुद्धाका १२८ जनालाई पक्राउ गरेको छ । गत साउन यता उनीहरुलाई पक्राउ गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार पक्राउ पर्नेमा सबै भन्दा धेरै अबैध रुपमा माछा मार्ने रहेका छन् । निकुञ्जले राप्ती नदीमा अबैध रुपमा माछा मार्ने ७० जनालाई पक्राउ गरी कारवाही गरेको हो । यस्तै गैंडा मुद्धाका ३ जना, सालक मुद्धाका ५ जना, निउरो टिप्ने ११ जना, अबैध रुपमा घाँस दाउरा गर्ने ३० जना, पंक्षि मार्ने १ जना, विना अनुमति राष्ट्रिय निकुञ्ज प्रबेश गर्ने ४ जना र अन्य ४ जनालाई पक्राउ गरी कारवाही गरिएको हो ।
यस अवधिमा कार्यालयले बिभिन्न चार किसिमका मुद्धा अदातलमा दर्ता गराएको छ । सालक सम्बन्धि मुद्धा दुईववटा, सववारी साधनको ठक्करबाट गैंडा घाईते मुद्धा एउटा, गैंडालाई करेन्ट लगाएर मारेको एउटा मुद्धा अदातलमा दर्ता गरेको उहाँले जानकारी दिनुभयो । निकुञ्जले यस आर्थिक वर्षमा ९ वटा मुद्धा फैसला गरेको छ । उहाँका अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरि आएका २६ वटा र यस वर्ष दर्ता भएको एउटा मुद्धा मध्ये ९ वटाको फैसला भएको छ । अहिले १८ वटा मुद्धा चालु अबस्थामा रहेको छ । चालु अबस्थामा रहेका मुद्धा मध्ये ७ वटा वन सम्बन्धि मुद्धा र ११ वटा मुद्धा वन्यजन्तु संग सम्बन्धित रहेका छन् ।






