माडीः पश्चिम चितवनमा रहेको माडीको बिकासका लागि नेपाली काँग्रेसको योेगदान अतुलनिय रहेको महिला मतदाताहरुले बताएका छन् । नेपाली काँग्रेस माडी नगर समितिले आज आयोजना गरेको महिला भेलामा बोल्ने अगुवा महिलाहरुले माडीको बिकासमा काँग्रेसका तत्कालिन सभापति गिरिजा प्रसाद कोइरालाले पु¥याएको योगदानको चर्चा गर्दै काँग्रेसका पक्षमा उभिन आग्रह गरेका हुन् ।
माडी क्षेत्रका बासिन्दाहरुले पाएको दुःखमा काँग्रेस नेताहरु सधै साथमा रहेको बताउँदै उहाँहरुले यस पटक बदलिएको काँग्रेसलाई मतदान गर्न सबै महिलाहरुलाई आग्रह गरेका थिए । चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको माडी क्षेत्रलाई भरतपुरसँग सिधा सडक सञ्जालमार्फत जोड्ने राप्ती नदीमाथिको पुल सञ्चालनमा नआउँदा यस क्षेत्रका जनताले पाएको दुख सम्झैदै उनीहरुले पुल निर्माणमा योगदान पु¥याएको काँग्रेसलाई यस पलि बिजयी वनाउने प्रतिवद्धता समेत जनाएका थिए ।
कार्यक्रममा बोल्दै माहिला अगुवा सविता वरालले पुल संञ्चालनमा आएपछि स्थानीयवासीको जीवनशैलीमा उल्लेखनीय परिवर्तन आएको बताउनुभयो । वर्षौँसम्म डुंगा र जोखिमपूर्ण अस्थायी साधन प्रयोग गरेर नदी पार गर्न बाध्य माडीबासी अहिले स्थायी पुलमार्फत सहज आवतजावत गर्न सक्ने भएको बताउँदै उहाँले वर्षातको समयमा हुने समस्याबाट माडीबासी मुक्त भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले माडी भरतपुर आवतजावतमा कुनै समसया छैन । यसको जस काँग्रेसलाई दिनु पर्छ ।” यसको पहल अहिले प्रतिनिधि सभा उम्मेदवार रहेका टेकप्रसाद गुरुङ्को अतुलनिय रहेको उहाँले बताउनुभयो । बाढीका कारण वर्षायाममा पूर्ण रूपमा अवरुद्ध हुने यातायात समस्या अन्त्य भएसँगै माडी क्षेत्र विकासको मूलधारमा जोडिएको स्थानीयहरूको भनाइ छ ।
पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आएको नेपाली कांग्रेसले लोकतन्त्र स्थापनापछि देशभर सडक तथा पुल सञ्जाल विस्तारलाई जोड दिँदै आएको नेपाली काँग्रेस क्षेत्र नम्बर ३ की प्रदेश सदस्य जानुका र्काीले बताउनुभयो । ग्रामीण तथा दुर्गम क्षेत्रलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दीर्घकालीन नीतिले नै माडी जस्ता क्षेत्रका लागि पुल निर्माणको आधार तयार पािरएको उहाँले बताउनुभयो ।
महिला भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार टेकप्रसाद गुरुङ्ले पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाले आफ्नो कार्यकालमा पूर्वाधार विकासलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्थापित गरेको बताउनुभयो । कोइरालाकै पहलमा राप्ती ननी माथिको पुल बनिसके पछि अन्य बिकासका कामहरुले तिब्रता पाउन थालेको उहाँले बताउनुभयो ।
विशेषगरी महिलाहरूले पुल वनिसकेपछि प्रत्यक्ष र दीर्घकालीन लाभ पाएको स्थानीय महिलाहरूको भनाइ छ। यसअघि गर्भवती तथा सुत्केरी महिलालाई आकस्मिक अवस्थामा अस्पताल पु¥याउन कठिन हुने गरेको भन्दै उनीहरुले बाढीका बेला नदी तर्न जोखिम मोल्नुपर्ने अवस्था अन्त्य भएपछि मातृ तथा शिशु स्वास्थ्यमा सकारात्मक सुधार आएको बताए ।
महिला भेला सुकमिया महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी क्षेत्रहरुका अगुवा महिलाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !