चितवनः नेपाली कम्युनिष्ट पार्टीका संयोजक एबं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले यही फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचन जुन सकै हालतमा हुने बताउनुभएको छ । भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको आज यहाँ उद्घाटन पछि बोल्दै उहाँले निर्वाचनको बिकल्प नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “पहिला संबिधान सभाको निर्वाचनको समयमा पनि अघिल्लो दिन सम्म पनि चुनाब हुन्छ र भन्ने देशै भरी थियो । तर चुनाब भयो ।” समानुपातीक लिष्ट पनि गईसकेको भन्दै उहाँले प्रत्यक्ष निर्वाचनको मनोनयन गर्ने दिन पनि आईसकेको बताउनुभयो । उहाँले थप्नुभयो “मैले त आफ्नो दलका तर्फबाट हिजोबाट टिकट बाँड्न सुरु पनि गरिसके । हिजो काठमाडौंमा टिकट बाँढेर आएको हो ।” आँफुले सरकारमा जे कुरा बुझेको छु, राजनैतिक दलहरु र जनाताहरु जसरी अघि वढेका छन् उहाँले भन्नुभयो “अब बिस्तारै चुनाबि मानसीकतामा अघि वढेकाले अब चुनाब हुन्छ की हुन्न भनेर प्रश्न मनमा ल्याउनु भन्दा पनि चुनाबो राम्रो तयारीमा अघि वढ्न अपिल गर्न चाहान्छु । चुनाब हुन्छ हुनै पर्छ ।”

चुनाब बाहेकको अर्को कुनै बिकल्प नरहेको भन्दै उहाँले अरु बिकल्प सहज र अर्को दुर्घटना निम्त्याउने कारण वन्न पनि सम्ने बताउनुभयो । निर्धारीत समयमा स्वच्छ, निस्पक्ष चुनाब गराउन हामी सबैको बिकल्प बाहेक अरु देखेको छैन ।

फरक प्रसंगमा बोल्दै उहाँले नेपाली काँग्रेसको बिशेष महाधिबेशन पछि निर्वाचन के होला भन्ने प्रश्न जनतामा उठेको बताउनुभयो । उहाँले भन्नुभयो “ठूलो पार्टी बिभाजन हुनु राम्रो होईन । सुखद समाचार होईन । तर निर्वाचनमा कुनै असर पर्दैन ।” आँफुले निर्वाचन आयोग, सरकारका मन्त्रीहरुसंग यस बिषयमा छलफल गर्दा सबैको जवाफ चुनावलाई असर नगर्ने पाएको बताउँदै उहाँले सहजिकरण गर्ने बाहेक बिकल्प नरहेको बताउनुभयो ।

भरतपुर महानगरपालिकाले समानुपातीक रुपमा गरेको बिकासका कारण यो महानगर देशको नमुना बन्न सकेको उहाँले बताउनुभयो । यहाँ भौतिक पूर्बाधार, शिक्षा, स्वास्थ्य, रोजगार संगै बिभिन्न संस्कृतिक समुदायको बिकासमा समानुपातीक रुपमा गरिएको योगदानले यो सम्भव भएको उहाँको भनाई थियो । कुनै पनि पालिकाको बिकासका लागि एक पाखे बिकासले बिकास सम्भव नहुने उहाँले बताउनुभयो । राष्ट्रिय रुपमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यहाँको बिकासको चर्चा हुने गरेको बताउनुभयो ।

सो अबसरमा महानगर प्रमुख रेनु दाहालले रु ५३ करोड ३२ लाख ६४ हजार ६४४ मा सम्झौता गरी भवन निर्माण गरिएको बताउनुभयो । भवन निर्माणका लागि बि. सं. २०७९ साल साउन १८ गते निर्माण कम्पनी शर्मा–सगरमाथा–सगुन जेभिले सम्मझौता गरेर काम सुरु गरेको हो ।

महानगरपालिकाले संघीय सरकारको रु २१ करोड ५८ लाख, १४ हजार, बागमती प्रदेश सरकारको रु १९ करोड ८९ लाख ३६ हजार र महानगरपालिकाको रु ४ करोड ५० लाख रकम खर्च गरि सकेको छ । सात कठ्ठा जमिनमा बनेको ६ तले भवनमा २५० जना र ३५० जना क्षमताको दुई वटा ठुला सभा कक्ष, बिभिन्न महाशाखा, शाखाका लागि साना ठुला गरि १५८ वटा कार्यकक्ष र ८ वटा बैठक कक्ष रहेको दाहालले जानकारी दिनुभयो ।

जेष्ठ नागरिक प्रतिक्षा कक्ष, सांस्कृतिक प्रदर्शनी कक्ष, पुस्तकालय, सेवाग्राही विश्राम कक्षहरु गरी यस भवनमा जम्मा २२१ कोठाहरू छन् । सबैभन्दा माथिल्लो तलामा अडिटोरियम हल र अर्को साइडमा कल्चरल म्युजियम रहेको छ। अण्डरग्राउण्ड पार्किङमा ५० कार र १५० वटा मोटरसाइकल राख्न सकिनेछ। महानगर परिसरमा भवन बाहिर पनि पार्किङ र बगैँचा निर्माण हुनेछ । भवनको भुईँतलामा नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायतको कार्यकक्ष रहेको छ भने दोस्रो तलामा नगर उपप्रमुखको कार्यकक्ष रहेको छ । भवनमा २ वटा लिफ्ट र ३ वटा भित्रि तथा २ बाहिरी भ¥याङहरु रहेको छन्।

भवनका हरेक तलामा अपाङ्गमैत्री शौचालयसहित प्रत्येक तलामा पुरूष र महिलाका लागि अलग्गै शौचालय रहेको छ । पूर्ण अपाङ्गमैत्री यस भवनले आउँदो झण्डै एक सय बर्षसम्म भरतपुरवासी नागरिकलाई सेवा प्रदान गर्ने दाहालले अपेक्षा व्यक्त गर्नुभयो । सो क्रममा उहाँले आँफु प्रमुख भए यताका झण्डै ९ वर्षमा गरिएका कामको बिबरण पेश गर्नु भएको थियो । सो अबसरमा उपप्रमुख चित्रसेन अधिकारीले स्थानीय तहमा सिंहदरबार जस्तै भवन निर्माण भएको र सबै सेवाहरु यही भवनबाट दिन सकीने बताउनुभयो । भवन निर्माणका लागि प्रमुखको नेतृत्वमा महानगर संगै संघ र प्रदेशको सहयोग जुटाएर काम गर्न सकिएको बताउनुभयो । भिक्टोरियन प्यालेस जस्तो झल्को दिने भवन बनाईएको हो ।

कार्यक्रममा संबिधान सभा सदस्य गिता वाग्ले, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारती, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीबि सुवेदी, निर्माण व्यवसायी सहदेव खड्का लगाएतले बोल्नु भएको थियो । सो अबसरमा खड्कालाई समयमानै काम सम्पन्न गरेको भन्दै सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !