चितवनः निर्वाचन आयोगका आयुक्त सगुन सम्शेर जवराले यो निर्वाचनको बिकल्प नरहेको बताउनुभएको छ । निर्वाचन आयोगले आज यहाँ सुरु गरेको निर्वाचन संञ्चालन तथा व्यवस्थापन अभिमूखिकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रतिनिधि सभाका सबै निर्वाचन उत्तिकै महत्वपूर्ण रहेको भन्दै यो निर्वाचनको बिकल्प छैन भन्नुभयो ।
आयुक्त जवराले भन्नुभयो “यस अबस्थामा देशलाई कहिले सम्म राख्ने तत्कालको बिकल्प निर्वाचन हो ।” लोकतन्त्रको पिल्लर पनि निर्वाचननै भएको भन्दै उहाँले भए रहित तरिकाले मत हाल्ने बातावरण बनाउनु पर्ने बताउनुभयो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मी लगायतको हातेमालो आवश्यक भएको उहाँको भनाई थियो ।
विगतको निर्वाचन भन्दा सहज वनाउन आँफुहरुले कोसीस गरिरहेको भन्दै उहाँले सिमित स्रोत साधनमा निर्वाचन गर्न लागिएको बताउनुभयो । आयोगले हाल सम्म सात प्रकारका सामाग्री सरकारी निकाय मार्फत खरिद गरेको उहाँले बताउनुभयो । अहिलेको परिस्थितिमा दाताहरुको सहयोग प्राप्त नभएको भन्दै रु ६ करोड ५० लाखको सामान मात्र खरिद गरिएको बताउनुभयो । १७ जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्ला निर्वाचन अधिकारीहरुको सहभागीता रहेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आचार संहित उलंघन हुन नदिन र कमी गर्नमा सबै मिलेर लाग्न आग्रह गर्नुभयो ।
सामाजिक सञ्जालको दुरुपयोग र उम्मेदवारको खर्च मुख्य चुनौति भएको उहाँको भनाई थियो । यस अघि निर्वाचनको अनुभव लिनु भएकाहरुको अनुभवलाई साटासाट गरेर कसरी राम्रो संग निर्वाचन गर्न सकिन्छ भन्ने बिषयमा छलफल गर्नुपर्ने उहाँले बताउनुभयो ।
सो अबसरमा निर्वाचन आयोगका सह–सचिब राजेन्द्र कुमार केसीले कार्यशाला गोष्ठिको उद्धेश्य माथि प्रकाश पार्दै दुई दिन सम्म हुने छलफलका बिषयमा जानकारी गराउनु भएको थियो । चितवन सहित काठमाडौं, बिराटनगर र नेपालगंञ्जमा पनि यही किसिमको कार्यक्रम भईरहेको उहाँले जानकारी दिनुभयो । गोष्ठिको आजको सत्रमा बिज्ञ स्रोत व्यक्ति पूर्ब सचिब गोकर्ण मणि दुवाडीले प्रतिनिधि सभा सदस्य निर्वाचन संबैधानिक तथा कानुनी व्यवस्था र निर्वाचन कार्यक्रमका बिषयमा सहजिकरण गर्दै हुनुहुन्छ । त्यस्तै बिज्ञ स्रोत व्यक्ति शालिग्राम शर्मा पौडेलले निर्वाचनका बिभिद पक्षहरु र निर्वाचन व्यवस्थापनमा मिथ्या सूचना, दुस्प्रचार र द्धेषपूर्ण अभिव्यक्तिका बिषयमा सहजिकरण गर्दै हुनुहुन्छ ।
मंगलबार निर्वाचन आयोगमा सञ्चालनमा रहेका सूचना प्रबिधि सम्बन्धि प्रणालीहरुका बिषयमा लक्ष्मी यादव र मतदाता नामावली सम्बन्धी व्यवस्था र मतदानका बिषयमा बिज्ञ स्रोत व्यक्ति दुवाडीले सहजिकरण गर्ने कार्यक्रम रहेको छ । यसै गरी मतगणना सम्बन्धी व्यवस्थापकीय कार्य र मतगणना प्रकृया तथा प्रतिवेदनका बिषयमा सह –सचिब केसीले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।






