चितवनः जिल्लामा लगाईएको तरकारीले बजार मूल्य पाए पछि यहाँका किसानहरु खुशी भएका छन् । गत वर्षहरुको तुलनामा यस वर्ष तरकारीले मूल्य पाएको पूर्बी चितवनको राप्ती नगरपालका वडा नम्बर १ का प्रेम बहादुर खुलालले बताउनुभयो ।
उहाँले लगाएको गोलभेंडा, घ्यू सिमि, काँक्रो लगाएतले आहिले वजार मूल्य राम्रो पाएको हो । उहाँले भन्नुभयो “खेत बाटै बिक्रि गर्दा घ्यू सिमि र गोलभेडाको मूल्य राम्रो पाएको छ ।” खेत बाटै बिक्रि गर्दा घ्यू सिमि रु १२० देखि १३० र गोलभेडाँ प्रति क्रेटको रु १ हजार ६०० देखि २ हजार ६०० सम्ममा बिक्रि भएको उहाँले बताउनुभयो । उहाँले अहिले ३ विगाह क्षेत्रफलमा तरकारी खेती गर्दै आउनु भएको छ । विगत पाँच वर्ष देखि व्यवसायीक रुपमा तरकारी खेती गर्दै आउनु भएका उहाँ बिगतका बर्षको तुलनामा यो वर्ष तरकारीले राम्रो मूल्य पाएको बताउनुहुन्छ । तरकारी खेतीमा ग्रेडिङ् गरेर बिक्रि गर्न सके मूल्य राम्रो पाउने उहाँले बताउनुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर २१ का शिवराज वराल पनि आँफुले लगाएको तरकारीले मूल्य पाए पछि निकै शुखि हुनुहुन्छ। बिगत ७ वर्ष देखि व्यवसायीक रुपमा तरकारी खेती गर्दै आउनु भएका उहाँले एक बिगाहा १० कठ्ठा क्षेत्रफलमा तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो “विगतका वर्षको तुलनामा अहिले तरकारीले मूल्य राम्रो पाएको छ ।” अहिले लौका, काँक्रो, गोलभेडाँ लगाएतले राम्रो मूल्य पाएको उहाँले जानकारी दिनुभयो । घिरौला, करेला समेत बिक्रिका लागि वजार खोज्न जानु पर्ने अबस्था नरहेको उहाँले बताउनुभयो ।
केरुङ्गा कृषि सहकारी संस्थाका अध्यक्ष जनकराज पुरीले गएको तीन महिना यता कृषकले तरकारीको मूल्य राम्रो पाएको बताउनुभयो । उहाँले भन्नुभयो “तीन महिना अघि राम्रो थिएन । अहिले राम्रो छ ।”बजारको अबस्था हेर्दा फेरी मूल्य ओरालो लाग्ने संकेत देखिएको उहाँले बताउनुभयो । बर्षमा तीन खेती तरकारी लगाउँदा कुनै न कुनै खेतीमा मूल्य नपाउँदा मर्का पर्ने गरेको उहाँले बताउनुभयो ।
कृषि बिकास कार्यालय चितवनका प्रमुख झलकनाथ कंडेलले स्थानीय उत्पादनले वजार पाईएन भन्ने गुनासो हुने गरेको भए पनि गुणस्तरीय उत्पादन गर्न सकेमा मूल्य र वजार पाउन कठिन नहुने बताउनुभयो । जिल्लामा हाल ७ हजार ७७ दशमलब ९ हेक्टर क्षेत्रफलमा व्यवसायीक तरकारी खेती गरिदैं आईएको छ । असोजमा परेको पानीका कारण समेत अहिले तरकारी उत्पादन कम भएकाले पनि बजार मूल्य पाएको उहाँले बताउनुभयो । यहाँको तरकारी बिदेशी वजारमा समेत माग हुन थालेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यहाँको उत्पादन दुबईमा समेत जान थालेको छ ।”
कार्यालयले व्यवसायीक तरकारी खेतीमा मागका आधारमा लगानी गर्दै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !