चितवन, २८ मंसिरः नेपाल रेडक्रश सोसाईटी नारायणगढ उप–शाखाले बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १३ उज्वलनगरमा रहेको राष्ट्रिय आधारभूत बिद्यालयका ती बिद्यार्थीलाई बिद्यालय पोशाकको स्विटर बितरण गरिएको हो ।
नेपाल रेडक्रश सोसाईटी उप–शाखाकी सभापती कृपा राजभण्डारीको आर्थिक सहयोगमा न्यानो कपडा बितरण गरीएको हो । सामुदायीक बिद्यालयमा अध्ययन गर्ने बिपन्न वर्गका बिद्यार्थीहरुलाई जाडोका कारण बिद्यालय छोड्ने बातावरण नबनोस् भनेर न्यानो कपडा बितरण गरिएको उहाँले बताउनुभयो । विपन्न वर्गका बिद्यार्थीहरु जाडो समयमा बिद्यालय नआउने सूचनाका आधारमा आँफुले ती बिद्यार्थी लक्षित गर्दै न्यानो कपडा बितरण गरिएको बताउनुभयो ।
चितवन शाखाका सभापति हरि प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको हो । जिल्ला शाखाका सभापति पौडेल, वडा सदस्य विना दवाडी, बिद्यालयकी प्रध्यानाध्यापक रिपा दवाडी लगाएतले जाडो समयमा बिद्यार्थीहरुले बिद्यालय छाड्ने गरेको बताउनुभयो । न्यून वर्गका बालबालिका अध्ययन गर्ने बिद्यालयहरुमा समस्या हुने गरेको सो अबसरमा बोल्ने बक्ताहरुले बताएका थिए ।






