चितवनः देवघाट क्षेत्रलाई प्लाष्टिक मुक्त बनाउने अभियान सुरु गरिएको छ । यस क्षेत्र हुँदै वग्ने नारायणी नदीमा देवघाट क्षेत्रमा १५ दशमलब ४ प्रतिशत प्लाष्टिक जन्य फोहोर भेटिए पछि प्लाष्टिक मुक्त घोषणा गर्न लागिएको हो ।
देवघाट क्षेत्र बिकास समितिले आज यहाँ पत्रकारहरुसंग अन्तरक्रिया गर्दै यस क्षेत्रमा हुने प्लाष्टिक प्रयोग नियन्त्रणका लागि तीन वटै पालिका र बिभिन्न संघ संस्थाको सहकार्यमा प्लाष्टिक मुक्त गर्न लागिएको जानकारी दिएको हो । क्षेत्र बिकास समितिका अध्यक्ष डा. इश्वरीराज लौडारीले अहिले अभियानका रुपमा यो कार्यक्रम संञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अभियानका रुपमा कार्यक्रम संञ्चालन गर्ने तयारीमा छौ, कत्ति सकिन्छ ।” फोहोर व्यवस्थापन गर्न सके नदी शुद्ध हुने उहाँको भनाई थियो ।
देवघाट क्षेत्र बिकास समिति भित्रको ५ हजार ४३४ हेक्टर क्षेत्र भित्र प्लाष्टिक मुक्त क्षेत्र घोष्णा गर्न लागिएको हो । यसका लागि तीन वटै पालिकाले तदारुपता देखाउन आबश्यक रहेको सो अबसरमा बताईएको थियो ।
सो कार्यमा सहकार्य गर्दै आएको संस्था सहमतीका अध्यक्षन ओमनाथ सुवेदीले यस कार्यमा सबैले सक्रिय रुपमा लाग्न आबश्यक रहेको बताउनुभयो । देवघाटनको दाहासंस्कार स्थलको फोहोर व्यवस्थपानमा केही समस्या देखिएको भए पनि यसलाई व्यवस्थापनका लागि सबै जुट्नु पर्ने उहाँले बताउनुभयो । अहिले देवघाट क्षेत्रमा प्लाष्टिक मुक्त गर्नका लागि जनचेतना, झोला नियन्त्रण अभियान लगाएका कामहरु गरिएको उहाँले बताउनुभयो ।
क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक सुदन वरालले देवघाट क्षेत्र प्लाष्टिक मूक्त वनाउका लागि महाअभियान संञ्चालन गर्नु आबश्यक रहेको बताउनुभयो । तीन वटै पािलकासंग समन्वय गरेर अभियान संञ्चालन गर्ने योजनामा क्षेत्रबिकास समिति रहेको छ ।






