चितवनः कारागार कार्यालय चितवनमा क्षमता भन्दा वढी कैदी वन्दी हुँदा त्रीपालमुनी राख्नु पर्ने बाध्यता रहेको छ । कैदी वन्दी मध्ये ३० जना त्रीपाल मुनी राख्नु परेको छ । भवन भित्र सुत्ने ठाउँ अभाव भए पछि उनीहरु त्रीपाल मुनी रात बिताउन बाध्य भएका हुन् ।
जेन–जी आन्दोलन पछि भागेर फर्किएका कैदी वन्दीहरु मध्ये ४६ जनालाई स्थानान्तरण गर्दा समेत भित्र कोठामा ठाउँ नपुग्दा उनीहरुलाई त्रिपाल मुनी राख्न बाध्य भएको हो । कारागार कार्यालय चितवनका प्रमुख रविन्द्र प्रसाद ढुङ्गानाका अनुसार भवन भित्र ठाउँ नपुगेपछि अहिले दुई ठाउँमा १५ जनाका दरले त्रिपालमुनी राखिएको छ । कैदी बन्दीको चाप वढे संगै राख्ने ठाउँको अभावका कारण उनीहरुलाई त्रिपाल मुनी राख्नु परेको हो ।
बिगतमा पनि कैदीवन्दीहरु त्रिपाल मुनी बस्नुपर्ने अबस्था रहेको बताउँदै उहाँले गत आर्थिक वर्षमा केही ठाउँ जस्ता हालेर बनाईएको जानकारी दिनुभयो । चिसो र गर्मीमा समयमा त्रिपालमुनी बस्न कैदीवन्दीहरुलाई सहस्या हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “भित्र बस्ने ठाउँ प्रयाप्त छैन । त्रिपालमुनी राख्नु परेको छ । चिसोका कारण बिरामी हुन्छनकी भन्ने डर छ ।”
यस बर्ष त्रीपाल रहेको ठाउँमा समेत जस्ता हाल्ने योजना रहेको उहाँले बताउनुभयो । यस कार्यालयमा हाल ६३० जना कैदी वन्दी रहेका छन् । ५९३ जना पुरुष र ३७ जना महिला रहेका छन् । उनीहरु संग दुई जना आश्रीत समेत रहेका छन् । यस कारागारको क्षमता ३० जना महिला र ४७५ जना पुरुषको क्षमता रहेको छ । गत भदौ २५ गते भागेका ७४३ जना कैदी वन्दी फर्कने क्रम जारी रहेको छ । भागेका मध्ये अझै ११३ कैदी वन्दी फर्कन बाँकी छ । जसमा २ जना बालबालिका समेत रहेका छन् । उनीहरु फर्किए पछि थप कैदीवन्दी त्रीपालमुनी राख्नु पर्ने बाध्यता हुन्छ ।






