चितवनः जिल्लामा लगाईएको केरामा नयाँ रोगको संक्रमण देखिएको छ । पश्चिम चितवनका किसानले लगाएको केरामा पानामा रोगको नयाँ भेरिएन्ट (टिआर फोर) देखिएको हो ।
राष्ट्रिय कृषि अधुनिकिकरण कार्यक्रम कार्यान्वयन एकाई चितवनका प्रमुख महेश रेग्मीका अनुसार पश्चिम चितवनमा लगाईएको पाँच विगाह क्षेत्रफलमा यो रोगको समस्या देखिएको हो । किसानले लगाएको ५५ बिगाहा क्षेत्रफलमा लगाईएको केरा मध्ये सो क्षेत्रफलमा रोग देखिएको हो । उहाँका अनुसार केराको गुवो लाग्ने समयमा थामबाट केरा बाहीर निस्कने गरेको पाईएको हो । किसानले नवलपरासीबाट ल्याएको केराको बिरुवामा यो समस्या देखिएको हो ।
केही समय अघि यो समस्या देखिए पछि अहिले परिक्षण्का लागि बिधि विज्ञान प्रयोगशाला काठमाडौं र कृषि अनुसन्धान परिषद (नार्क)मा पठाईएको उहाँले जानकारी दिनुभयो । जिल्लामा बाहिरबाट केराको बिरुवा ल्याउने हुँदा परिक्षण गरेर ल्याउन उहाँले आग्रह गर्नुभयो । पश्चिम चितवनमा केरा खेती गर्दौ आउनु भएका कृषक यज्ञ सुवेदीले आँफुले नवलरपरासीबाट ल्याएको बिरुवामा समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो “रोग देखिए पछि त्यसको व्यवस्थापनको पाटोमा काम गरिएको छ ।” यो रोगको कुनै उपचार नभएकाले जोतेर रोग अन्यत्र फैलन नदिने गरी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।
चितवनमा पहिलो पटक यो रोगको देखिएको एकाई चितवनका प्रमुख रेग्मीले जानकारी दिनुभयो । यस रोगबाट बच्नका लागि रोग लागेको केरा फर्ममा प्रयोग भएका औजार तथा यातायातहरुलाई निर्मलिकरण गरेर अन्य फर्ममा लैजानु पर्ने र सो स्थानलाई पूर्ण रुपमा निर्मलिकरण नगरी केरा लगाउन नहुने उहाँले बताउनुभयो ।
जिल्लामा हाल २ हजार ८ सय हेक्टर क्षेत्रफलमा केरा खेती गरिदैं आईएको छ । जस मध्ये २ हजार २०० हेक्टर क्षेत्रफल केरा जोनमा पर्दछ । यहाँ बार्षिक ४३ हजार १९३ मेट्रिकटन केरा उत्पादन हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस !