चितवनः नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले महाधिबेशनका लागि समय कम भएको बताउनुभएको छ । आज यहाँ क्लिक खबर संग कुराकानी गर्दै उहाँले महाधिबेशन गर्न कम्तिमा तीन महिनाको समय आबश्यक पर्ने बताउनुभयो ।

कोइरालाले भन्नुभयो “समय कम भयो । महाधिबेन पुसमा सम्भव भएन भने निर्वाचन पछि हुन्छ ।” आँफुले निर्वाचन पछि महाधिबेशन गर्ने भनेको भन्दै उहाँले पाटीले निर्णय पुसका लागि गरेको भए पनि हुन्छ या हुँदैन भन्न नसक्ने बताउनुभयो । यध्यपि सबै महाधिबेशनमा जुट्न सके तोकेको समयमा महाधिबेशन हुने उहाँको भनाई छ । जेन–जी लाई समेत महाधिबेशनमा समेटेर लैजानु पर्ने उहाँले बताउनुभयो ।

महाधिबेशनमा उम्मेदवारीका सम्बन्धमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो “सभापतिका लागि लड्ने भनेको छु । शेखर दाई र अन्य साथिहरु  पनि इच्छुक हुनुहुन्छ । कुरा भईरहेको छ । सबै साथिहरुसंग सल्लाहा हुँदै छ तर के हुन्छ हेरौ ।” सबै मिलाएर सहमतीमानै महाधिबेशनमा जानु अहिलेको आबश्यकता रहेको उहाँले बताउनुभयो ।

जेन–जीले राखेका तीनबटा माग सकारात्मक भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “शुसासन, भ्रष्टाचार नियन्त्रण र समाजीक संञ्जालको प्रतिवन्ध लगाउनु हुदैंन भन्ने ठिक हो । तर घर जलाउनु, मारकाट गर्नु ठिक भएन ।”

प्रतिक्रिया दिनुहोस !