काठमाडौं । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ प्रभाव बढ्दै जाँदा अहिले कोशी, मधेश , बागमती, गण्डकी प्रदेशका धेरै स्थानमा निरन्तर वर्षा भइराखेको छ।

जल तथा मौसम विभाग मौसम पूर्वानुमान माहाशाखाका अनुसार चार प्रदेशमाभारी वर्षा हुँदा लुम्बिनी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। यसको प्रभाव पूर्वबाट क्रमश पश्चिमतर्फ देखिन थालेको छ।

महाशाखाका अनुसार योक्रम शुक्रबार दिउँसोसम्म रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा पूर्ण बदली भएर वर्षा हुँदा तराई भू–भागमा साधारणतया बदली हुनेछ।

शुक्रबार दिउँसो कोशी र मधेश प्रदेशका अधिकांश स्थानमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कर्णाली प्रदेशको थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा तथा कर्णाली प्रदेशका केहि स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा भारी हिमपात साथै कोशी र मधेश थोरै स्थानमा, गण्डकी प्रदेश र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस !