चितवनः जनस्वास्थ्य कार्यालय चितवनको प्रमुखमा निर्मल घिमिरे आउनुहुने भएको छ । बागमति प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसमा मुख्यमन्त्री कार्यालयले घिमिरेलाई जनस्वास्थ्य कार्यालयको प्रमुखमा सरुवा गरेको हो। यस अघि बागमती प्रदेश स्वास्थ्य निर्देशनालयमा जनस्वास्थ्य प्रशासकको रुपमा कार्यरत घिमिरे जनस्वास्थ्य कार्यालय प्रमुखको रुपमा आउन लाग्नु भएको हो ।
हाल कार्यालय प्रमुखको रुपमा रहनुभएका दिनेश रुपाखेती बागमती प्रदेश स्वास्थ्य निर्देशनालयमा सरुवा हुनु भएको छ । उहाँ जिल्लामा रहेर स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्दै आउनुभएको थियो ।
यस्तै बागमति प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतका जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखहरुको सरुवा भएको छ ।








