चितवनः इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुईन खोला नजिकैको गाउँका बिपन्न परिवारलाई बाख्राको पाठी बितरण गरिएको छ । सिर्जनशिल समाज नेपालले पाँच बिपन्न परिवारलाई पाठी बितरण गरेको हो ।
संस्थाका अध्यक्ष बिनोद ढकालका अनुसार त्यस क्षेत्रका अति बिपन्न परिवारको मागको आधारमा उन्नत जातका पाठी बितरण गरिएको हो । नेपाली काँग्रेस इच्छाामना गाउँपालिका सभापति एबं गाउँपालिकाका पूर्ब उपाध्यक्ष कृतिकुमार श्रेष्ठले पाठी बितरण गर्नुभएको हो । ढकालले राम्रोसंग हुर्काएर ती पाठीबाट लाभ लिन आग्रह गरिएको बताउनुभयो । पत्रकार नवराज ढकालका अनुसार दिपक चेपाङ, अञ्जना चेपाङ, प्रधान चेपाङ, मनमायाँ कुमाल र जीत वहादुर विकले पाठी प्राप्त गरेपछि खुशि प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !