चितवनः भरतपुर महानगरपालिका वडा नम्बर २९ गाइघाटमा सातवटा सवारी साधन एक आपसमा ठोक्किदा हुँदा २१ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्याय चितवनका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालका अनुसार आज बिहान ७ः३० वजे दुर्घटना भएको हो । उनीहरुको चितवन मेडीकल कलेज, जनता केयर अस्पताल र नेस्नल सिटि अस्पतालमा उपचार भईरहेको छ ।

मुग्लिङबाट नारायणगढ तर्फ आउदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र बिपरित तर्फबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस, बसको पछाडी ना ७ ख ९६०७ नम्बरको टेलर, त्यस पछाडी बा.प्र. ०६–००१ ग ०४८४ नम्बरकोे इलेक्टि माईक्रो, त्यस पछाडी ग २ ख १६२६ नम्बरको बस, त्यस पछाडी ना ३ च ३२५६ नम्बरको बलेरो, त्यस पछाडी बिएबि ८४७० नम्बरको कार ठक्कर खाएका हुन ।

सवारीहरु ठक्कर खाँदा घाईते भएकाहरु मध्य १३ जना नेशनल सिटि अस्पतालमा, ४ जना चितवन मेडीकल कलेजमा र ४ जनाको जनता केयर अस्पतालमा उपचार भईरहेको छ । घटनाको थप बिबरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस !