
चितवनः अण्डा उत्पादनको लागत मूल्य घटाउन र वजार व्यवस्थापन गर्न राज्यले ध्यान दिनुपर्ने सरोरकारवालाहरुले बबताएका छन् । विश्व अण्डा दिवसको अवसरमा आज यहाँ आयोजीत कार्यक्रममा बोल्ने बत्ताहरुले अण्डा उत्पादन हुँदा हुने लागत मूल्य क मगर्न सके बिदेशी वजार संग प्रतिशपर्धा गर्न सकीने बताएका हुन ।
नेपाल भेटिनरी एशोशियनस, नेपाल लेयर्स कुखुरापालक संघको संयुक्त आयोजनामा आज यहाँ आयोजना गरिएको अन्तक्रिया कार्यक्रममा बोल्ने बक्ता यहाँ कच्चा पदार्थको मूल्य भन्दा अण्डाको लागत मूल्य कम भएकाले व्यवसायीहरु समस्यामा परेको बताउनुभएको हो ।
कृषि तथा वन विज्ञान विश्व बिद्यालयकी उपकुलपति प्रा.डा. सारदा थपलियाले आत्मनिर्भर वनेको कुखुरा र कुखुरा जन्य वस्तुको उत्पादनको लागत घटाउन आश्यक रहेको बताउनुभयो । लागत घटाउन सके सबैले सहज रुपमा प्रयोग गर्न सक्ने भन्दै उहाँले लागत घटाउनका लागि विश्वबिद्यालयले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “कृषकको उत्पादनमा लागत घटाउनका लागि बिश्वबिद्यालयले काम गर्ने छ ।” सो अबसरमा पशु सेवा बिभागका महानिर्देशक डा. रमान्दन तिवारीले सरकार कृषि उपज उत्पादन वढाउन लागेको जानकारी दिनुभयो । कृषि क्षेत्रबाट हुने उत्पादनले देशलाई चिनाउन सक्ने भन्दै उहाँले कुखुराको बिमा, दानाका लागि आयातित सामाग्रिको भन्सार लगाएका बिषयमा सरकार र भिागले गृहकार्य गरिरहेको बताउनुभयो ।
कार्यक्रममा बोल्ने व्यवसायीहरुले दाना उत्पादनका लागि आवश्यक कच्चा पदार्थमा लगाईएको कर छुट गर्न माग गरेका थिए । व्यवसायी त्रिलोचन कंडेल, रघुनाथ भट्ट, राजेन्द्र लामिछाने, उमेश सापकोटा, ज्ञान वहादुर बिशुरालले बिभागले अण्डा उत्पादन गर्ने किसानको माग सम्बोधन गर्न राज्यको ध्यान केन्द्रीत गराउनु पर्ने बताउनुभयो । अहिले कुखुरा जन्य वस्तु उत्पादन गर्ने किसानलाई बिमा गर्दा बर्डफ्लु जस्ता घातक रोगमा बिमाले काम नगरेको भन्दै यसलाई समेत समाबबेश गर्न माग गर्नुभयो । उत्पादित बस्तुले बजार नपाउने समस्या मुख्य भएको उहाँहरुले बताउनुभयो । बरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले अण्डाको प्रयोगका बारेमा ग्रामिण क्षेत्रमा समेत सचेतना जगाउन सके बालबालिका देखि बृद्ध सम्मका लागि यो उपयोगि भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष बिनोद पोखरेलले पोल्ट्रि क्षेत्रको बिकासका लागि राज्यले पोल्ट्रि बिकास बबोड गठन गर्नुपर्ने बताउनुभयो । दुध र चियामा जस्तै पोल्ट्रि क्षेत्रको बिकासका लागि वोर्ड आबश्यक रहेको बताउनुभयो । अहिले किसानलाई खुल्ला सिमानाबाट छिर्ने पोल्ट्रि जन्य उत्पादनले समस्या बबनाएको भन्दै उहाँले यसलाई रोक्नका लागि राज्यले प्रयाप्त ध्यान दिन नसकेको उहाँको गुनासो छ ।
उहाँका अनुसार विश्वभर कुखुरा पालन व्यवसायको विकाससँगै अण्डा उत्पादकहरुले सन् १९९६ मा विश्व अण्डा आयोग स्थापना भएको र हरेका बर्ष अक्टुबर महिनाको दोश्रो शुक्रवार विश्व अण्डा दिवस मनाउने गरिन्छ । अहिलेको अवस्थामा अण्डाको महत्व र खपतको अवस्था, अण्डामा पाइने प्रोटिन, मानव स्वास्थमा प्रोटिनको महत्व बारेमा विज्ञ चिकित्सकहरु मार्फत् आम नागरिकमा सन्देश पु¥याउने उद्देश्य राखिएको छ । पोल्ट्री क्षेत्रले देशको कुल ग्राहस्थ उत्पादनमा करिब ३.५ प्रतिशत योगदान दिनुका साथै ५ लाख व्यक्तिहरुलाई प्रत्यक्ष रोजगारी दिदै आएको उहाँको भनाई छ । देशको एक आत्मनिर्भर व्यवसायको रुपमा स्थापित पोल्ट्री व्यवसाय हो । नेपालमा हाल दैनिक ४५ देखि ४६ लाख गोटा अण्डा उत्पादन भइरहेको छ ।
नेपाल भेटेरीनरी एशोसियशन वाग्मती प्रदेशका अध्यक्ष डा. निमेश खनालले मानव स्वास्थका लागि आवश्यक प्रोटिन पाइने र कुनै पनि प्रकारको मिसावट गर्न नसकिने प्रोटिन र खनिज तत्वले भरीपूर्ण सबैभन्दा सस्तो मूल्यमा पाइने वस्तु नै अण्डा भएको बताउनुभयो । अण्डाको नियमित उपभोगबाट स्वास्थका लागि अत्यावश्यक, पूर्ण पाचनशील, सन्तुलित, उच्च गुणस्तरको प्रोटिन र एमिनो भण्डार भएको अण्डा वालकदेखि बृद्धबृद्धासम्मका लागि उत्तम प्रोटिनको स्रोत भएको उहाँको भनाई छ ।
अण्डामा एन्टी अक्सिडेन्ट पाईने बताउँदै उहाँले बुढ्यौली र हृदयघात (हर्टएट्याक) समेत रोक्न मद्दत गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “ नियमित अण्डाको उपभोगले आँखाको शक्ति बढ्ने र मोतीया विन्दुको रोकथाम हुन्छ ।” अण्डामा प्रशस्त मात्रामा पाइने क्याल्सियम फस्फोरसबाट हड्डी र दाँत मजबुत हुने डा. खनाल बताउनुहुन्छ । उहाँले भन्नुभयो “अण्डाल रक्त अल्पताबाट बचाउँछ, रोग प्रतिरोधी क्षमता बढाउँ, जवानीपन र स्मरण शक्ति बढाउँछ ।” तौललाई सन्तुलनमा राख्न समेत अण्डाले भूमिका खेल्ने उहाँको भनाई छ ।