चितवनः भूमिगत प्रसारण लाईनमा समस्या भएर बिद्युत आपूर्ती रोकीएको माडीमा चार दिन पछि बिद्युत संञ्चालनमा ल्याईएको छ । समस्या देखिएको ठाउँमा मर्मत गरेर मंगलबार रातीबाट बिद्युत सेवा सुचारु गरिएको हो ।
बिद्युत प्राधिकरण बिबतरण केन्द्र चनौलीका प्रमुख राजकुमार श्रेष्ठका अनुसार गत शनिबार बिहान २ वजे देखि अबरुद्ध बिद्युत सेवा मंगलबार राती ८ः३० वजेबाट संञ्चालनमा ल्याईएको हो । ३३ केभि भूमिगत प्रसारण लाईनमा बर्षात र बाटो फराकिलो वनाउने क्रममा समस्या आएको थियो । रिउखोला नजीक राखिएको भूमिगत लाईनमा समस्या आएको थियो भने चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको भूमिगत बिद्युतिकरणको तारमा सडकको चौडाई फराकिलो वनाउने क्रममा उपकरणको ठक्करले समस्या आएको उहाँले जानकारी दिनुभयो ।
माडी नगरपालिकामा १२ हजार ग्राहक रहेका छन् ।








