चितवनः जिल्लाको माडी नगरपालिकामा बिगत तीन दिन देखि बिद्युत आपूर्ती वन्द भएको छ । ३३ केभि भूमिगत प्रसारण लाईनमा समस्या आउँदा शनिबार बिहान २ वजे देखि माडी नगरपालिकामा बिद्युत आपूर्ती वन्द भएको हो ।

बिद्युत प्राधिकरण बितरण केन्द्र चनौलीका प्रमुख राजकुमार श्रेष्ठका अनुसार भूमिगत बिद्युतीकरण गरिएको स्थान मध्ये दुई स्थानमा समस्या आएको हो । शनिबार देखि परेको पानीका कारण रिउखोला नजीक राखिएको भूमिगत लाईनमा समस्या आएको छ । उहाँले भन्नुभयो “पानी धेरै जमेका कारण बिद्युत प्रसारणमा समस्या भयो ।” यस्तै चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको भूमिगत बिद्युतिकरणको तारमा सडकको चौडाई फराकिलो वनाउने क्रममा उपकरणको ठक्करले समस्या आएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुबै स्थानको समस्या समाधान गरेर आज साँझ सम्ममा बिद्युत आपूर्तीमा सहज वनाईने छ । समस्या देखिएको स्थानमा अहिले मर्मतको काम भईरहेको श्रेष्ठले वताउनुभयो । माडी नगरपालिकामा १२ हजार ग्राहक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !