चितवनः नाराणगढ–मग्लिन सडक खण्डमा सवारी संञ्चालनका लागि रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालयल चितवनले आज साझ ६ वजे देखि आइतबार बिहान सम्मका लागि सडकमा सवारी रोक लगाएको हो । पहिरोको जोखीमलाई मध्यनजर गर्दै सवारी आवागमन खोलिने छ ।
जिल्लाका विभिन्न ठाउँमा अलपत्र परेका यात्रुहरुलाई जिल्लाका होटल तथा लजहरुमा ७५ प्रतिशत छुट दिईने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न सरोकारवालाहरुको बैठकले होटलको कोठा भाडामा ७५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार चितवन जिल्ला प्रवेश गरेका र सवारी आवागमन बन्द भएका कारण गन्तव्यमा पुग्न नसकेका यात्रुहरुलाई जिल्लाभरिका सबै प्रकारका होटलहरुमा लिंदै आएको कोठा भाडामा ७५ प्रतिशत शुल्क छुट दिने निर्णय भएको बताउनुभयो । यसरी भाडा छुटमा बस्ने ग्राहकलाई फरक व्यवहार नगर्न समेत उहाँले आग्रह गर्नुभयो । यसको अनुगमन होटल संघ चितवन र जिल्ला प्रहरी कार्यालय चितवनले गर्ने उहाँले जानकारी दिनुभयो ।
होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण) ले अलपत्र परेका यात्रुहरुले आफूलाई ९८५५०१४१८० मा सम्पर्क गर्न सक्ने बताउनुभयो । उहाँले बाध्यता हेरेर कतिपयलाई निःशुल्क समेत राख्न सकिने बताउनुभयो । क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष सुवासचन्द्र गौतमले आफ्नो निजी होटलमा अलपत्र परेका दैनिक ४० जनालाई निःशुल्क सेवा दिने बताउँदै अन्यलाई प्रशासनको निर्देशन अनुसार ७५ प्रतिशत छुट दिने बताउनुभयो । चितवनको मुग्लिन, नारायणगढ, भरतपुर, टाँडी, पर्सा लगायतका क्षेत्रमा अलपत्र यात्रुहरुले प्रहरीसँगको समन्वयमा समेत होटला छुट सुविधा लिएर बस्न सक्ने छन् ।
यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले आज साँझ ६ बजेदेखि भोलि बिहानसम्मका लागि मुग्लिन नारायढणगढ सडक खण्डमा आवागमन बन्द गरेको छ । पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवागमन बन्द गरिएको प्रशासनले जनाएको छ ।






