चितवन: नेपाली काँग्रेस चितवनले शुक्रबार देखि परेको अविरल वर्षाका कारण हुन सक्ने क्षेतीका लागि सुरक्षित रहन जिल्ला बासीलाई आग्रह गरेको छ । काँग्रेस चितवनका सचिब ध्रुर्ब पोखरेलद्धारा आज जारी सूचनामा प्राकृतिक बिपत्तीमा सबैलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको हो ।
अविरल वर्षा कारण नदि तटीय क्षेत्रमा वाढी, पहिरो तथा भूक्षयको खतरा अधिक रहेका यस क्षेत्रमा बसोबास गर्दै आउने जिल्ला बासीलाई सुरक्षित रहन आग्रह गरिएको हो । प्राकृतिक विपत्तिको यस घडिमा अत्यावश्यक वाहेक घरवाट अन्यत्र यात्रा नगर्न र यात्रा गर्ने पर्ने अवस्थामा नेपाल प्रहरी र ट्राफिक प्रहरी संग सम्पर्क गर्न काँग्रेस चितवनले आग्रह गरेको छ ।
विपतको यस घडिमा वाढी पहिरो युक्त जोखिम क्षेत्र र नदि तटीय क्षेत्रमा वसोवास गर्ने नागरिकहरुलाई तत्तकाल सुरक्षित स्थानमा स्थानान्तरण गराउन काँग्रेसले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।साथै बिपदको समयमा उद्धार तथा राहत कार्यमा जुट्नु हुन पार्टीका नेता तथा संरचनाका पदाधिकारी एवम् सदस्यहरु निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस !