काठमाडौंः सरकारले कार्यालय प्रमुखहरूलाई अनिवार्य रुपमा कार्यस्थल पुग्न निर्देशन दिएको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै तत्काल कार्यालय प्रमुखहरुलाई आफ्नो कार्यक्षेत्रमा पुग्न निर्देशन दिएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० गतेसम्म देशका विभिन्न भागहरूमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको छ । यो अवस्थामा आ–आफ्नो मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई असोज १८ अर्थात् आजै सम्ममा अनिवार्य रूपमा कार्यस्थल पुग्न सक्ने व्यवस्था मिलाउन भनिएको छ ।

कार्यस्थल पुगेर पुर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि निर्देशन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयबाट निर्देशन प्राप्त भएअनुसार सूचना निकालेको संघीय मामिला मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका उपसचिव भुवनेश्वर लामिछानेले निकालेको सूचनामा “सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न–गराउन हुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस !