चितवनः इच्छाकामना गाउँपालिका वडा नम्बर ३ मा पहिरो खस्दा दुई तर्फि वन्द भएको छ । शुत्रबार साँझ देखि परेको बर्षाका कारण १ः४५ वजे फिस्लिङ्मा समयामा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक रविन्द्र खनालका अनुसार पहिरो पन्छाउनका लागि कम्तिमा तीन घण्टा लाग्ने छ । पहिरो पन्छाउने काम सुरु गरिएको उहाँले बताउनुभयो । नारायणगढ मुग्लिन सडक खण्ड भने अहिले सम्म अबरोध नभएको उहाँले जानकारी दिनुभयो । निरन्तर बर्षा भईरहेकाले साबधानी पूर्बक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !