चितवनः जिल्ला हुदै काठामाडौं जाने सवारी साधनलाई रोकिएको छ । शुक्रबार साँझदेखि परेको बर्षाका कारण लोथर देखि फिस्लिङ् बजार सम्म स्टपिङ् प्लान अनुसार सवारी साधन रोकिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक रविन्द्र खनालका अनुसार धादिङ्को जवाङ खोलामा पहिरोका कारण सडक अबरुद्ध भएकाले काठमाडौं जाने सवारी साधनलाई स्थानिय प्रशासनले तोकेको स्थानमा रोकीएको हो । उहाँले भन्नुभयो “भरतपुर–मुग्लिन– पोखरा सडक संञ्चालनमा रहेको छ ।” नारायणगढ मुग्लिन सडक खण्डमा अहिले संञ्चालनमा रहेको छ । केही स्थानमा ढुङ्गा खसे पनि तत्काल पन्छाउने गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमााडैं जाने सवारी साधनलाई ट्राफिक व्यवस्थापन एबं आपतकालिन अबस्थामा सवारी रोक्ने योजना अनुसार इच्छाकामना गाउँपालिकाको फिस्लिङ्, कुरीन्टार र मुग्लिनमा, भरतपुर महानगरपालिकाको जुगेडी, रामनगर, आँपटारी, पोखरा बसर्पाक, बाईपास रोड, केन्द्रय बस ट्रमिनल, गोन्द्राङ् एबं पूर्बी चितवनको शान्ति चोक टाँडी, चौबिसकोठी खैरहनी, डडुवा वजार भण्डारा, लोथर वजार लोथरमा सवारी साधन रोकिएको छ ।
सवारी साधन एकै ठाउँमा रोक्दा मानविय आबश्यकता सम्बन्धि समस्या हुने भएकाले बिभिन्न स्थानमा स्टपिङ् प्लान बनाएर सवारी साधन रोकिएको हो । उहाँले भन्नुभयो “धेरै स्थानमा सवारी साधन रोक्दा मानबिय आबश्यकता सम्बन्धि समस्या नआउने हुन्छ ।” बाटो पूर्ण रुपमा सूचारु नभए सम्म सवारी साधनलाई रोकिएको स्थानमानै रहन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस !