चितवनः नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा आज साँझ पुनः पहिरो खसेर अबरुद्ध भएको छ । दिउँसो ४ वजे एकतर्फि संञ्चालनमा आएको सडक साँझ ८ वजे पुन पहिरो खसे पछि अबरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माका अनुसार साँझ ८ वजे पछि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन सकिएको छैन । रातको समयमा जोखीम हुने भएकाले अहिले ९ वजेबाट बिहान ५ वजे सम्म आवागनम रोक्नका लागि प्रशासनले सूचना जारी गरेको थियो । त्यस अघिनै पहिरो खसेपछि सडक अबरुद्ध भएको हो ।
शुक्रबार साँझ इच्छाकामना गाउँपालिका वडा नम्बर ६ तुईन खोलामा पहिरो खसेको थियो । सोही स्थानजमा पुनः पहिरो खसेको हो । यो सडकमा दैनिक १० हजार वढी सवारी साधन आवतजावत हुने गर्दछ । यस सडक भएर गुड्ने सवारी साधनलाई बैकल्पिक वाटोको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ । दुई दिन देखि सडकमा अलपत्र परेका केही यात्रु पार गरेका भएको भए पनि अन्य सडकमानै छन् ।






