चितवनः जेन–जी आन्दोलनका क्रममा कारागार कार्यालयबाट भागेका कैदीवन्दीहरु सम्पर्कमा आउन थालेका छन् । बुधबार बिहान कारागार कार्यालय चितवन तोडफोड गरि भागेका कैदीवन्दीहरु कारागार प्रशासनको सम्पर्कमा आउन थालेका हुन ।
कार्यालयका प्रमुख रविन्द्र प्रसाद ढुङ्गानाका अनुसार अहिले सम्म ५४ जना कैदी वन्दी सम्पर्कमा आएका छन् । उहाँले भन्नुभयो “बुधबार बिहान ७४० जना कैदी वन्दी कारागर फोरेर भागेका थिए ।” भागेका अन्य कैदी वन्दीलाई समेत सम्पर्क गरेर तत्काल कारागार आउन भनिएको उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “कतिय सम्पर्कमा हुनुहुन्छ । कारागार आउने कैदी वन्दीको संख्या बढ्छ ।”
यस कारागारमा क्षमता भन्दा बढी कैदी वन्दी रहेका छन् । यस कारागारमा ५० जना महिला र ५ सय जना पुरुषको क्षमता रहेको उहाँले बताउनुभयो । कारागारको पर्खाल फोडेर कैदी वन्दीहरु भागेका थिए ।

प्रतिक्रिया दिनुहोस !